कैलालीमा तीन दिनमा दुईजना डेंगु रोगी फेला

64 पटक पढिएको

लोकेश धामी

कैलाली, कार्तिक १६ । कैलालीमा डेगुँ तथा स्क्रफ टाइफसका बिरामीको संख्या बढेको छ । जिल्लामा एक हप्ताभित्रै १२ जना स्क्रफ टाइफस र २ जना डेगुँका बिरामी फेला परेका छन् । वैशाख यता भने १ सय ६५ स्क्रबटाइपस र पाँच जना डेंगु रोगका बिरामी भेटिएका छन् ।

किर्नाबाट सर्ने स्क्रफ टाइफस र लामखुट्टेको टोकाइबाट सर्ने डेंगुका बिरामीहरु उपचारका लागि आउने क्रम बढेको वरिष्ठ फिजिसियन डा.शुभेषराज कायस्थले बताए।
वैशाख यतामात्रै जिल्लामा हालसम्म १ सय ६५ स्क्रफ टाइफस र ५ जना डेंगुको रोगी फेला परेका छन् ।

केही महिना पहिले पहाडबाट स्क्रफ टाइफसका बिरामी बढी आउने गरेका भए पनि अहिले भने कैलाली, कञ्चनपुरबाट आउने बिरामीको संख्या बढिरहेको छ । केही दिन यतामात्रै दैनिक दुई–तीन जनाका दरले स्क्रफ टाइफसका विरामी सम्पर्कमा आउने गरेका वरिष्ठ फिजिसियन डा.कायस्थको भनाई छ । मुसामा लाग्ने माइट नामको सुक्ष्म किर्नाले टोकेमा स्क्रफ टाइफस सर्ने गर्छ ।

नेपालमा २०७२ सालमा पहिलो पटक यो रोग देखा परेको थियो । स्क्रफ टाइफस लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउमा रातो डाबर आउने र शरीर दुख्ने लक्षण देखिन्छन् ।

यस्तै डेंगु रोग लागेमा लगातार अत्याधिक ज्वरो आउने, शरीरका विभिन्न अंगमा रगत जम्ने, टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, चिलाउने वा सुन्निने, पिसाबमा रगत देखापर्ने, बान्ता गर्दा रगत आउने, कालो दिसा आउने लगायतका लक्षण देखापर्ने गर्दछन् । एकजना गम्भीर डेंगु रोगी छ भने त्यस आसपासमा ३ देखि साँढे तीन सय डेंगुका बिरामी हुन सक्ने बैज्ञानिक तथ्यांक छ ।

त्यसकारण यो रोगबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिने त्यस्तै स्क्रफ टाइफसबाट बच्न किटाणु सार्ने माइटको सम्पर्कबाट टाढा रहनु नै यसको प्रमुख रोक थाम रहेको डा.कायस्थले बताए ।

सम्बन्धित् समाचार  कैलालीमा भारतीय माछा बाईबाई

अहिले डेंगु तथा स्क्रफ टाइफसको सक्रमण व्यापक बढि रहेकाले सबैले सचेत रहन आवश्यक छ । समयमै यी दुई रोगको उपचार नगरेमा ज्यानै जान सक्ने खतरा भएकाले लक्षण देखापर्ने वित्तिकै उपचार गराउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

कमेन्ट गर्नुहोस्