गाउँबाट शहर पस्दा….

40 पटक पढिएको

गाउँमा छँदा किन हो किन बन्धनमा बाँधिए जस्तो लाग्थ्यो । नलाग्नु पनि कसरी घर परिवारको आग्रह पालना नगरी सुुखै थिएन । एक हिसाबले भनौं अहिले मन चगांजस्तै भएको छ । जता उडायो उतै उड्ने । केवल उडाउने कलामात्रै चाहिने ।

एल.बुङ्ली

बालपन गाउँघरमै विताए । सानोमा जति पनि राम्रो नराम्रो काम गाउँमै गरिए । थाहा थिएन बस, मोटर, साइकल इत्यादि साधन कस्ता हुन्छन् भनेर ।

कल्पना पनि गरेको थिएन यसअघि वर्णन गरेका सवारी साधनमा सवार हुने । बालापनमा गाउँ नै प्यारो लाग्ने । गाउँकै मान्छे, गाउँकै उठबस प्रिय लाग्ने । यतिमात्रै होइन, गाउँ नै सम्पूर्ण संसार हो लाग्ने । १५ वर्षसम्म जिल्लाभन्दा बाहिर पाइला परेन । सानोमा शहर कस्तो होला ? त्यहाँका मान्छे कस्ता होलान् ? के खानेकुरा खालान् इत्यादि कुरा खूब सोचिन्थे ।

दश कक्षासम्म गाउँकै स्कूलमा रमाइयो । पृथ्वीमा आगमन भएको झण्डै डेढ दशक पछिमात्रै जिल्लाबाट टाढिने भइयो । यो रहर थिएन, बाध्ययता थियो । गाउँमै सुविधा सम्पन्न विद्यालय हुँदो हो त जरुरत थिएन परिचय नभएको ठाउँमा जाने । अब जानैपर्यो नजर नपुगेको ठाउँमा । यो ठाउँ पुग्ने कति बाध्यता थिए कति रहर । डेढ दशक गाउँमा अडेको शरीर एक्कासी शहर झर्दा गाउँको न्यास्रोले केही दिन खूब पिरोल्यो । त्यो सुनसान गाउँमा रमेको जीवन शहर पस्दा पिँजडामा बसेजस्तै महसुस भयो । अझ भनौं वन, पाखा–पखेरा, खेतबारी, पैदल उकाली–ओराली गरेको ज्यानलाई शहर पचेन । तर, विस्तार पच्दै गयो । त्यसको कारण थिए हाज्मोला जस्तै बन्दै गएका प्रिय साथी ।

दिनभर स्कुल गएर साँझ बिहान काममा खटिरहनुपर्ने दैनिकी फेरिएको थियो । गाउँमा छँदा बिहान काम ग¥यो स्कुल गयो फेरि स्कूलबाट आयो काममै व्यस्त । यसरी नै दिनचर्या बित्ने गर्दथ्यो । तर, शहर आएपछि कामको बोझ हृवात्तै घटेको थियो । बिहान अध्ययन गर्ने, खाना बनाउने, खाने अनि कलेज जाने । त्यो पनि हिँडेर होइन, साइकलमा ।

सम्बन्धित् समाचार  "शहर र फोहोर"

शुरुका दिनमा दिनभर व्यस्त हुन नपाउँदा लाग्थ्यो कलेज आउने, जाने काम वाइयात जस्तै । यतिमात्रै होइन, शहर नै अल्छि प्रेमीहरुको वासस्थान हो लाग्थ्यो । तर, दैनिक क्रियाकलाप परिर्वतन हुँदै गएपछि म पनि अल्छी प्रेमीजस्तै भएको थिए । गाउँ छँदा पाँच बजे खुल्ने निन्द्रा ७ बजे खुल्ने भएको थियो । आठ बजे सुत्ने बानी १० एघार बजे भएको थियो । अनि थाहा पाए शहर बस्नु र गाउँमा बस्नु आकाश–पाताल फरक छ भनेर ।

एक गरिव घरमा जन्म लिएको म । बुबाको अधिकांश समय रोजगारीको शिशीलामा भारत मै वित्यो, वितीरेहको छ । वितीरहोस् भन्ने सोच बनाएको छैन । घरमा पैसाको अभाव खट्की रहन्थ्यो । गाउँमा त ५ हजार रुपैयाँ पनि कति हो कति लाग्थ्यो । तर, शहरमा भने पाँच हजार एउटा माछालाई दिएको चारा जस्तै लाग्न थाल्यो । दिन वित्दै गए शहरले मन तान्दै गयो । गाउँको याद शहरका रमझममा विलिन हुन थाले । केही दिनअघि गाउँ नै जान्छु भनेर जिद्दी गर्ने मन शहरप्रेमी हुन थाल्यो । समयको परिर्वतन भनौं या बाध्ययताले म अल्छी बन्दै गए । नबनेपनि कसरी कामको चाङ नै कम भएपछि ।

साथी–संगति थपिँदै गए । कोही गफाडी, कोही ज्ञानी त कुनै मन मिल्ने । अझै भनौं हेलो साथी, भलो साथी, चलो साथीसँग सम्बन्ध बढ्दै गयो । मन मिल्ने र मन मिलाउने क्रम जारी नै भयो । अनेक साथीसँग परिचय हुँदै गयो । गाउँका भन्दा अनौठो व्यवहारका साथी पनि देख्न पाइयो । हुन त स्कूले जीवन भन्दा कलेज लाइफ खुला भएर होला । कतिपय साथी त कक्षाकोठा मै गुटखा, सुर्ती इत्यादि खाइदिन्थे । तर, मेरो भने त्यस्ता चीजसँग प्रेम बसेन र बसेको पनि छैन ।

दैनिक क्रियाकलाप परिर्वतन हुँदै गएपछि म पनि अल्छी प्रेमीजस्तै भएको थिए । गाउँ छँदा पाँच बजे खुल्ने निन्द्रा ७ बजे खुल्ने भएको थियो । आठ बजे सुत्ने बानी १० एघार बजे भएको थियो । अनि थाहा पाए शहर बस्नु र गाउँमा बस्नु आकाश–पाताल फरक छ भनेर ।

अहिलेसम्म शहर बसाइमा ६ चोटी डेरा सराई भएको छ । कहिले घरबेटीको किचकिचले त कहिले एउटै कोठामा बस्ने मनै नबसेर । मनले जे भन्यो त्यही गर्न पाइने भएपछि मनमौजी थियो, कसैको भय थिएन । कसैको आग्रह मान्नुपर्ने बाध्यता थिएन । एक हिसाबले म निकै खुल्ला तरिकाले बस्न पाएको थिए, पाएको छु । गाउँमा छँदा किन हो किन बन्धनमा बाँधिए जस्तो लाग्थ्यो । नलाग्नु पनि कसरी घर परिवारको आग्रह पालना नगरी सुुखै थिएन । एक हिसाबले भनौं अहिले मन चगांजस्तै भएको छ । जता उडायो उतै उड्ने । केवल उडाउने कलामात्रै चाहिने ।

सम्बन्धित् समाचार  पूर्वकमैया बने वडा अध्यक्ष

म एक नेपालको सबैभन्दा दुर्गममा पर्ने जिल्लाको व्यक्ति । त्योमध्ये म जिल्लाको अति विकटको स्थानीय । सडकबाट गाउँ पुग्न झण्डै एकदिन पैदल यात्रा गर्नुपर्ने ठाउँको बासिन्दा । भौगोलिक विकट त छ नै राज्यको दृष्टिसम्म पुग्न नसकेको मेरो गाउँ । विकासका पूर्वाधारले छुन सकेको छैन अझैं पनि । अहिले पनि स्वास्थ्य चौकी पुग्न एक–दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्ययता छ मेरा गाउँबासीको । यस्तो कहर भोग्न विवश भएको ठाउँबाट एक्कासी शहर पस्दा विकासको उज्यालो बल्ल देख्न पाइयो । विकास भनेको यो हो नी त भन्ने मन लाग्यो । अस्पताल, विद्यालय, खानेपानी, विद्युत इत्यादि सुविधाले सम्पन्न । अनि पो शहर भनिएको रहेछ । तर पनि अझै शहरिया विकास हुन सकेको छैन भन्छन् ।

कमेन्ट गर्नुहोस्