भक्तपुरबाट नारायणमान उम्मेदवार बनेनन, प्रेम सुवालको उम्मेदवारी

भक्तपुर, कात्तिक १६ । लामो समयदेखि भक्तपुरबाट चुनाब जित्दै आएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे यसपटक उम्मेदवार नबन्ने भएका छन ।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट २०४८ सालदेखि निर्वाचित हुँदै आउका विजुक्छेले यस वर्ष चुनावमा प्रतिस्पर्धा नगर्ने भएका हुन्। नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर १ मा नेता प्रेम सुवाल उम्मेदवार बनेका छन्। भक्तपुर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट निरज लवजु र २ बाट सुरेन्द्र गोसाइ उम्मेदवार बनेका छन्।

त्यस्तै भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा अनुराधा थापामगर उम्मेदवार बनेकी छन्। उनी यसअघिको संसदमा समानुपातिक पद्धतितर्फबाट संसद थिइन्। भक्तपुर २ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा सरोज गोसाइ र २ मा प्रेमजंग थापाले उम्मेदवारी दर्ता गराएका छन्।

कमेन्ट गर्नुहोस्