गोरखाको विकास बाबुरामले नभइ माओवादीले गरेको हो : श्रेष्ठ

111 पटक पढिएको

गोरखा, कात्तिक १७ । वाम गठबन्धनका तर्फबाट गोरखा क्षेत्र नंन २ का उम्मेदवार माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले चुनावपछि वामपन्थीले दुई तिहाइ बहुमतसहित सरकार बनाउने दावी गरेका छन ।

दुई तिहाइको वामपन्थीका सरकार बनाएर आर्थिक सम्बृद्धि, भौतिक पूर्वाधारको निमार्ण, लगायतका समग्र देश विकासको कामलाई तीब्र गतिमा अघि बढाउने बताएका छन ।

चुनाबी प्रचारका क्रममा गोरखाको पालुङटार नगरपालिका–१ खोप्लाङमा शुक्रबार गरिएको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा श्रेष्ठले गोरखाको विकास बाबु भट्टराईले नभई माओवादीले गरेको दाबी गरे ।

सो क्षेत्रमा नेपाली काँग्रेसको समर्थनमा नयाँशक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई उम्मेदवार बनेका छन ।

पहिला एउटै पार्टीमा रहेका दुई वरिष्ठ नेता अहिले गोरखा २ मा आम्नेसाम्ने भएका छन । आसन्न मंसिरमा हुने प्रतिनिधिसभाको चुनाबमा वामपन्थी राजनीतिकका यी दुई नेताबीच तीब्र प्रतिस्पर्धा हुने धेरैको अनुमान छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  राप्रपाले बोलायो आकस्मिक बैठक