हलिउडबाट दोस्रो सफलता पाउन सफल भइन् दीपिका

मुम्बई, कार्तिक १८ । ‘पद्मावती’ का कारण गतिलो चर्चा बटुलिरहेकी दीपिका पादुकोणलाई हलिउडमा दोस्रो सफलता प्राप्त भएको छ।

यसै वर्ष ‘एक्सएक्सएक्सः रिटर्न अफ ज्यान्डर केज’ बाट हलिउडमा डेब्यू गरेकी दीपिकाले अर्को एक हलिउड फिल्म गर्ने भएपछि हलिउडमा दोस्रो सफलता हात पारेकी हुन्।

दोस्रो फिल्ममा पनि उनले हलिउड स्टार भीन डिजेलसँग काम गर्ने छिन्।

फिल्मले ठूलो कमाल नगरेपनि दीपिकाले कामका लागि तारिफ बटुलेकी थिइन । फिल्ममा उनी सेरेना उंगरको भूमिकामा देखीएकी थिइन् ।

सोही फिल्मको पूरा स्टारकास्ट लिएर अगामी फिल्म बन्न लागेको जानकारी फिल्म बजार विश्लेषक रमेश बालाले आफ्नो ट्वीटरबाट दिएका हुन् । दीपिकाको ‘पद्मावती’ डिसेम्बर १ मा रिलिज हुँदैछ। ऐजेन्सी

कमेन्ट गर्नुहोस्