‘मिसेस विउटी कुइन नेपाल २०१७’ आवेदन फारम खुल्ला

58 पटक पढिएको

काठमाडौं, कार्तिक १८ । मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस, एसएलसी प्रिन्सेस्, मिस टिन कलेज कार्यक्रमको निरन्तरतासँगै सिजन मिडिया प्रा.लि.द्वारा आयोजित विवाहित महिलाहरुमा केन्दि«त ‘मिसेस ब्युटी कुर्इन नेपाल २०१७’ को आयोजना गर्ने भएको छ ।

उपत्यकालगायत मोफसलका शहरहरुमा बढी मात्रामा अविवाहित युवतीहरुलार्इ मात्र ध्यानमा राखेर कार्यक्रमहरु हुँदै आएकोमा विवाहित महिलाहरुको पनि सहभागितालार्इ ध्यानमा राखी सिजन मिडियाले यो पहिलो चोटी यस्तो कार्यक्रम आयोजना गर्न लागेको बताउँछन सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्त ।

महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको हो।

विगत आठ वर्षदेखि काठमाडौँमा रहेर विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो पहिलो चरणको संस्करणको लागि उपत्यकावाट र उपत्यका बाहिरबाट जम्मा ३० प्रतियोगी समावेश गराइने जानकारी दिए ।

साथै उक्त प्रतियोगीताको लागि फाराम पनि खुल्ला भइसकेको वन्तले यसै विज्ञप्तिमार्फत जानकारी गराएको छ । नेपाल अधिराज्यभर रहेका सम्पूर्ण विवाहित महिलाहरुलाई मध्यनजर राखी उनीहरुको व्यक्तित्व विकास साथै नेतृत्वदायी क्षमताको विकासमा सहयोग पुग्नुको साथै सही मार्ग निर्देशनको भूमिका खेल्न सकोस् भन्ने अभिप्रायले कार्यक्रम गर्न लागिएको वन्तले बताए । पहिलो चरणको छनोटमा आगामी मंसिर महिनाको पहिलो हप्तामा हुनेछ ।

उक्त प्रक्रियाबाट छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा शारीरिक फिटनेश, जुम्वा, एरोविक्स, र्याफ्टिङ, सेल्फ मेकअप, फोटो सेसन व्यक्तित्व विकास सम्बन्धी पनि प्रशिक्षण दिइने छ ।

विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल बाल आश्रम, वृद्धाश्रम आदि मिडिया भिजिट, कल्चरल भिजिट र हस्पिटालिटी सम्बन्धी जानकारी प्रदान पनि गराइने छ ।

स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विधामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नुहुने छ ।

सम्बन्धित् समाचार  मौलिक संस्कृति रक्षाका लागि मगर भाषामा चलचित्र निर्माण सुरु

साथै नेपालका विभिन्न कलाकार, पत्रकार ,मानवअधिकारकर्मी, समाजसेवी तथा विशिष्ट व्यक्तिहरुसँग अन्तरक्रिया कार्यक्रम साथै आन्तरीक प्रतिभा तथा प्रतियोगीतात्मक कार्यक्रमहरु संचालन गरिने छ ।

प्रतियोगिताका विजेताले ‘मिसेस विउटी कुइन नेपाल २०१७’ को उपाधी सहित रु १ लाख ८५ हजार वरावरको टिभिएस स्कुटर, मोवाइल फोन र ५ दिने मलेसिया भ्रमण प्याकेज साथै विभिन्न उपहारहरु पाउने छन ।

फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः रु २५ हजार बराबरको विभिन्न उपहारहरु प्राप्त गर्ने छन ५ दिने मलेसिया भ्रमण प्याकेज साथै विभिन्न उपहारहरु पाउने छन यस बाहेक अन्य विभिन्न १३ विधामा पनि विजेता छनौट गरिनेछ ।

कमेन्ट गर्नुहोस्