गजलः सायद जीवनका कथा

60 पटक पढिएको

रचना तथा लेखिकाः पुजा पराजुली

जन्म सुरुवात हो
र मृत्यु अन्त्य ।

र यही सुरुवातदेखि अन्त्यसम्मको
पर्खाइ हो जीवन ।।

हुन त जन्मअघि नै
गर्भमै गरिएको पर्खार्इ ।

सायद जिवनका कथामा
नसमेटिएका पानाहरुझै होलान् पक्कै ।।

यहाँ हरेक चिजले हरचिजलाई पर्खिएको छ
यहाँ हरेक कोहिले हर कोहिलाई पर्खेको छ ।।

दिनले रात पर्खेको छ,रातले बिहान
आजले भोलि पर्खेको छ ,भोलिले पर्सि ।

यहाँ बालापनले युवा पर्खेको छ
अनि, युवाअवस्थाले बृद्धअवस्था ।।

यहाँ मायाले मिलन पर्खेको छ
अनि, मिलनले बिछोड ।

जीवन बहाना रहेछ पर्खाइको
त्यसैले त तिमिले अन्तिम पटक ।।

निधारमा केश पन्छ्याउदै
चुम्दै छाडेर गएकै ठाउँमा ।

म तिमिलाई पर्खिरहेकी हुनेछु
मेरो मृत्यु भन्दा अगावै
तिमी छिट्टै फर्केर आउनु है ।।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  आज गहिरो परिचय भोली नचिन्ने हाकिम साहेब !