प्रचण्ड र नारायणकाजीले हाे गाेरखाको विकास गरेकाे न की बाबुरामले : डा देवकोटा

'डाक्टर त किनेर पनि पाइन्छ, डाक्टर हुँदैमा क्षमतावान हुने होइन'
188 पटक पढिएको

गोरखा, कात्तिक १८ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाले डा बाबुराम भट्टराई प्रति लक्षित गर्दै नेपालमा डाक्टरको अभाव नभएको बताएका छन ।

शनिबार एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति गोरखाले पालुङटारको ठाटिपोखरीमा आयोजना गरेको सयुक्त प्रदेश स्तरिय शिक्षक भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डा देवकोटाले भने, ‘डाक्टर त किनेर पनि पाइन्छ, डाक्टर हुँदैमा क्षमतावान हुने होइन ।’

‘गोरखामा जति विकास भएका छ्न ती सबै माओवादीले गरेको हो । प्रचण्ड प्रधानमन्त्री हुँदा आफू राष्ट्रिय योजना आयोगको सदस्य भएको र नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएको स्मरण गर्दै जत्ती विकास भएका छ्न त्यही बेला भएको उनले बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार कमला नहर्की, नेकपा माओवादी केन्द्र गोरखा इन्चार्ज चुडामणि खड्का, नेकपा एमाले गोरखाका पूर्वअध्यक्ष बाबुराम थापा लगायतकाले बोलेका थिए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  नेकपा माओवादी केन्द्रले गोरखामा छान्यो उम्मेदवार