विकासको मुल फुटाउन बामपन्थीको स्थायी सरकार : श्रेष्ठ

69 पटक पढिएको

सुलिकोट (गोरखा), कात्तिक १९ । गोरखा जिल्ला क्षेत्र नम्बर दुईको सुलिकोट गाउँ पालिका–८ गैरिछापमा चुनावी सभा सम्पन्न भएको छ ।

सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर–२ प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले अब बामपंथीहरुको स्थायी सरकार बन्ने बताए । बामपंथीको स्थायी सरकार बने विकासको मुल फुट्ने श्रेष्ठले बताए ।

गैरिछापबाट गोरखाको सदरमुकाम जोड्ने सडकको स्तर वृद्धि गरेर १२ महिनै सवारी चल्ने बनाउने श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे । सिचाइको व्यवस्था, जडिबुटी प्रशोधन केन्द्र स्थापना र फलफूलको खेती विकासमा जोड दिने श्रेष्ठले बताए ।

बाम गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले सहिदहरुको नेपाल फेर्ने सपना पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताउदै परिवर्तनका लागि बलिदान दिएका सहिदहरुको सम्मानका लागि बाम गठबन्धनलाई बिजयी गराउन आग्रह गरे ।

चुनावी सभामा गोरखा जिल्ला क्षेत्र नम्बर दुईका प्रदेशसभा सदस्य उम्मेदवार अमर तमुले गोरखा जिल्लाको विकासको निम्ति प्रतिबद्ध काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  निर्वाचनका लागि तयार रहन गृहमन्त्री निधीको निर्देशन