‘मंसिरपछि वामपन्थीको स्थिर सरकार’

117 पटक पढिएको

गोरखा, कार्तिक २०। नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर–२ प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले सुलिकोट गाउँपालिका–५ मा रहेको चनौटे र लाकुरेबोट जोड्ने पुल निर्माणको लागि आफुले महत्त्वपूर्ण भुमिका खेलेको स्मरण गर्दै पुलको निर्माण कार्य तिब्ररुपमा अघि बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

सुलिकोट ५ लाकुरीबोटमा आयोजित चुनावी सभालार्इ सम्बोधन गर्दै श्रेष्ठले पुल निर्माणको जिम्मा पाएको कम्पनीले तत्काल काम अघि नबढाए कार्वाहीको लागि पहल गर्ने बताए । समयमा नै पुल निर्माण नहुदा जनताले दुख पाएको बताउदै श्रेष्ठले निर्माण कम्पनीले तत्काल काम अघि नबढाए कानुनी प्रक्रियामा गएर निर्माण व्यवसायी र कम्पनी दुबैलाई कार्वाही गर्ने चेतावनीसमेत दिए ।पुल निर्माणको बिषयलाई केही व्यक्तिहरुले राजनैतिक बिषय बनाएकोमा दुख व्यक्त गर्दै श्रेष्ठले त्यस्ता व्यक्ति विकास बिरोधी भएको बताए ।

पार्टीको जिम्मेवार पदमा रहेको कारण देशभर नै आफ्नो जिम्मेवारी रहेकोले गर्दा नियमित गृह जिल्ला आउन नसके पनि आफू जन्मेको हुर्केको जिल्लाको विकासको निम्ति निरन्तर कृयाशिल रहेको प्रष्ट पारे । शिरानचोक गाउँपालिका वडा नम्बर–८ जौबारीमा घर भएका श्रेष्ठले स्थानीय बिद्यालयबाट एसएलसी पास गरेका थिए ।

सुलिकोट गाउँ पालिका–५ मा रहेको जलकन्यादेवी माद्यामिक बिद्यालयको भवन निर्माण कार्यको लागि आफ्नो पहलमा शिक्षा मन्त्रालयबाट आर्थिक सहयोग उपलब्ध गराएको बताउदै श्रेष्ठले समग्र गोरखा जिल्लाको बृहत्तर विकासको निम्ति क्रियाशिल रहदै आएको र आगामी दिनमा पनि कृयाशिल रहने प्रतिबद्धता व्यक्त गरे ।

बाम गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले देश विकास हुन स्थायी सरकार आवश्यक हुने बताउदै मंसिर २१ को चुनाव पछि देशमा बामपन्थीहरुको स्थायी सरकार बन्ने पनि उदघोष गरे ।

चुनावी सभामा नेकपा एमालेका नेता बिकल कुमार श्रेष्ठ, गोरखा जिल्ला क्षेत्र नम्बर दुईका प्रदेश सभा सदस्य उम्मेदवार अमर तमु, नेकपा माओवादी केन्द्रका नेता जितबहादुर घले लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित् समाचार  तराईमा को बलियो ? अ‌ंकणितले यस्तो देखाउँछ

चुनावी सभा हुनु अघि श्रेष्ठ सुलिकोट ५ लाकुरीबोटको गाउँमा घरदैलो अभियानमा सहभागी थिए ।

कमेन्ट गर्नुहोस्