बुद्धिजीवी प्रचारप्रसार कमिटी गठन

66 पटक पढिएको

काठमाडौँ, २१ कात्तिक  नेकपा (एमाले) काठमाडौँ निर्वाचन क्षेत्र नं ९ ले प्रा भोला पोखरेलको संयोजकत्वमा बुद्धिजीवी प्रचारप्रसार कमिटी सोमबार गठन गरेको छ ।

आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा त्यस क्षेत्रमा पार्टीका उम्मेदवारलाई आवश्यक सुझाव उपलब्ध गराई प्रचारप्रसारमा सहयोग गर्ने उद्देश्यले सो कमिटी गठन गरिएको हो ।

सो क्षेत्रका प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा गठन गरिएको समितिमा विभिन्न पेशामा आबद्ध बुद्धिजीवीमध्येबाट २५१ सदस्य समेटिएको छ । सोही समितिबाट ४५ सदस्य रहेको सचिवालय गठन गरिएको नेता नन्दहरि गौतमले जानकारी दिए ।

उम्मेदवार श्रेष्ठले अबको चुनावमा वाम गठबन्धनको बहुमत कायम गर्न कसैले रोक्न नसक्ने बताउँदै गठबन्धनका उम्मेदवारलाई जिताउन बुद्धिजीवी मोर्चाबाट प्रचारप्रसारलगायत अन्य सहयोगका लागि भूमिका निर्वाह गर्न कमिटीलाई आग्रह गरे ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  निर्वाचन कुनै हालतमा रोकिँदैन: आयुक्त पौडेल