‘हेट स्टोरी’ त्रिकोणात्मक नभई बदलाको कथा हो

90 पटक पढिएको

कार्तिक २२ । ‘हेट स्टोरी ४’ बाट बलिउडमा डेब्यु गर्न लागेकी अभिनेत्री इहाना ढिल्लोले फिल्म सत्य घटनामा आधारित भएको खुलासा गरेकी छन् ।

‘यो त्रिकोणात्मक फिल्म नभई बदलाको कथा हो । यो अघिल्लो शृंखलाजस्तै थ्रिलर फिल्म हो, जुनभिन्न र वास्तविक घटनामा आधारित छ’, उनले भनिन्–
‘त्यसैले म यो फिल्म गर्न उत्साहित भएकी थिएँ। फिल्ममा म एक व्यवसायी केटीको भूमिकामा छु ।’

फिल्मको चौथो शृंखलाका निर्देशक विशाल पाण्डेय हुन् । फिल्ममा उर्वशी रौतेला, किरण वाही, विभान भट्टेना तथा गुल्सन ग्रोभरको मुख्य अभिनय रहेको छ। फिल्मको लन्डनमा छायांकन भइरहेको छ ।

सुटिङका क्रममा सहकर्मी कलाकार उर्वशीसँग आफ्नो ठाकठुक परेको कुरा हल्लामात्रै भएको उनले बताइन् । ‘हाम्रो झगडा हुनै सक्दैन् । यो असम्भव छ किनकि हामीले अभिनय गरिरहेको भूमिका एकअर्काबाट बिलकुल भिन्न छ,’ उनले भनिन्– ‘मेरो उर्वशीसँग राम्रो सम्बन्ध छ र हामी एकसाथ काम गर्नमा रमाइरहेका छौं ।’ फिल्ममा उनी व्यावसायिक युवतीको भूमिकामा छिन् भने उर्वशी सुपरमोडलको रुपमा प्रस्तुत हुने छिन् ।

एजेन्सी

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  उत्कृष्ट ओपनिङ आमिरको ‘दंगल’