कक्षा ११ पाठ्यक्रम परिमार्जन हुने

81 पटक पढिएको

काठमाडौं, कात्तिक २२ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ को पाठ्यक्रम परिमार्जन गर्ने भएको छ ।

शिक्षा ऐन आठौ संशोधनले शिशुदेखि १२ कक्षासम्म विद्यालय शिक्षामा अंगिकार गरिसकेपछि पहिलाको पटक कक्षा ११ को पाठ्यक्रमलाई विद्यालय शिक्षा अनुसारको बनाउन लागिएको हो ।

विश्वविद्यालयको प्रमाणपत्र तहको विभिन्न संकायलार्इ आधारमा मानेर साविक उच्च माध्यामिक शिक्षा परिषद्ले बनाएको कक्षा ११ र १२ को पाठ्यक्रमलार्इ केन्द्रले एकरुपता हुनेगरी परिमार्जन गर्न लागेको हो ।

केन्द्रले राष्ट्रिय पाठ्यक्रमको प्रारुप समेत संशोधन गरी माध्यामिक तहको कक्षा ९ देखि १२ सम्मको संरचना स्वीकृतिको क्रममा रहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  दुई दिने मुस्लिम शैक्षिक सम्मेलन आज सम्पन्न