‘पद्मावती’ चलचित्रमा रानी पद्यमावतीको चरित्र बङ्ग्याएको भन्दै आलोचना

प्रदर्शनमा नल्याउन अझै विरोधको दायरामा

कार्तिक २२ । चलचित्र ‘पद्यमावती’ रानी पद्यमावतीको विषयमा बनेको भन्दै अझैसम्म पनि विरोधको दायरामा रहेको छ । पछिल्लो पटक सियासी पार्टीले समेत चलचित्र चल्न नदिने धम्की दिएको छ । जैन मुनीले चलचित्रको औचित्यमाथि पहिल्यैदेखि प्रश्न उठाउँदै आएको छ ।

जैन मुनीले चलचित्रका निर्देशक सञ्जयलीला भन्साली र नायिका दीपिका पादुकोणप्रति इंगीत गर्दै चलचित्र प्रदर्शनमा रोक लगाउने धम्की दिएको छ । जैन मुनिले निर्देशक भन्सालीका विषयमा तल्लो स्तरको टिप्पणी गर्दै भनेका छन्– ‘भन्साली कच्छबाट भागेर मुम्बइमा शरण लिएका एक निर्माता–निर्देशक हुन् ।’

जैनमुनीले एक भिडियो पोष्ट गर्दै भनेको छ– ‘फिल्म बनाउ, पैसा कमाउ हाम्रो सरोकारको विषय होइन तर, हिन्दु समाजको अपमान गर्न पाइँदैन ।’ जैनमुनी सूर्यसागर महाराजले चलचित्रले हिन्दुका देवीदेवताको अपमान गरेको टिप्पणी गरेका छन् । अहिलेसम्म चलचित्र रिलिज नभएकाले फिल्ममा के छ निर्देशक बाहेकलाई थाहा छैन तर, धेरैले अनुमानकै भरमा निर्देशक भन्सालीको आलोचना गरेका छन् । रानी पद्यमावतीको चरित्र बङ्ग्याएको भन्दै आलोचना गरिएको छ।

भन्सालीले बनाएको मध्ये सबैभन्दा धेरै विवादमा आएको चलचित्र यही नै हो । सुटिङ हुँदै गर्दा हिन्दुवादी एक संगठनले सुटिङ स्पटमै आगो लगार्इदिएका थिए ।

कमेन्ट गर्नुहोस्