गौरीफन्टाका साहुजीले दिएको एक चड्कन !

92 पटक पढिएको

एल.बुङ्ली

अनुभूति

गौरीफन्टा कैलालीको सिमावर्ती बजार हो । घरायसी सामाग्री खरिद गर्न अधिकांश नेपाली त्यहाँ जाने गर्दछन् । धनगढी बजारबाट झण्डै ४ कि.मि टाढामात्रै छ गौरीफन्टा । नेपाली ग्राहकले धानेको छ गौरीफन्टा बजार । नेपाली ग्राहकले धानेको भएपनि व्यवसायीले ग्राहकमाथि गर्ने व्यवहार चाहिँ राम्रो छैन । सुरुमा निकै मिठो शब्दले स्वागत गरे पनि अन्तिममा न्यू पारेर दुव्र्यवहार गर्न पनि खप्पिस छन्, गौरीफन्टाका व्यवसायी ।

हात नै समातेर सामान खरिद गर्न लगाउने, खरिद नगरेमा तथानाम गाली गर्ने गर्दछन् । त्यतिमात्रै होइन, दुर्व्यवहार नै गर्छन् । कतिपय व्यवसायी त हातपात नै गर्न पनि पछि हट्दैनन् । यस्ता दुव्र्यवहार दैनिक कयौं नेपाली ग्राहकले खेपिरहेका छन् ।

एकदिन स्वयं नै गौरीफन्टा गएको बेला अचम्मको दृष्य देख्न पाए । एकजना नेपाली ग्राहकलाई सामान खरिद गर्न व्यापारीले बिन्ती गर्दै पसलमा बोलाए । कुन सामान आवश्यक प¥यो भन्दै सोधे । ग्राहकले जवाफमा साइकल भन्यो । रकमको कुरा शुरु भयो । साहुजीले ५ हजार ६ सय भन्यो । ग्राहकले यति महंगो त हुन्न भन्यो । साहुजीले फेरि १ सय घटाउँदै ५५ सय रुपैयाँ दिनुहोस् त भन्यो । ग्राहकले फेरि मूल्य कटाउन आग्रह गर्यो । साहुजीले ल अन्तिम रेट ५४ सय नै भयो भन्यो । ग्राहकले पनि अन्तिम रेट ५३ सय दिन्छु भन्यो । साहुजीले पनि सहमति जनायो । बिहानको समय थियो । बजारमा त्यति चहलपहल थिएन । बरु बाँदरको हल्लाखल्ला बढी थियो । यहाँका बाँदरले व्यवसायीदेखि उपभोक्ता सबैलाई आजित बनाएका छन् ।

नेपाली ग्राहकले खल्तीबाट पैसा निकाल्यो । उसँग जम्मा ६ हजार नेपाली रुपैयाँ थियो । उसले सबै निकाल्यो । अनि खनखनी साहुजीको हातमा थमायो । साहुजीले पनि हातको औंलामा पानी लगाउँदै पैसा गन्यो । उसले पनि गनेर जम्मा ६ हजार पु¥यायो । व्यापारीले पसल छेउमा राखेको साइकल पार्किङबाट साइकल उठाउन भन्दै आफ्नै लवजमा उसले भन्यो– साइकल लेके आना भैया । ग्राहकले साइकल समात्यो । अनि साहुजीलाई भन्यो– दाई बाँकी पैसा पाउँ त ? साहुजीले जवाफमा कति बेलाको बाँकी पैसा ? ग्राहक अलि ठूलो स्वरमा बोल्छ– अरे… दाई के भन्नुहुन्छ ? अघिको नि ! मैले तपाईको हातमा ६ हजार दिएको बिर्सिनुभयो ? साहुजी प्रश्नको जवाफ फर्काउँदै भन्छ– अरे भैय्या मैले त ६ हजार नै भनेको हो त । ग्राहक निराश हुँदै भन्छ– दाई झूठ नबोल्नु न ? साहुजी चर्को स्वरमा बोल्छ बिहान–बिहान दिमाग नखाउँ न भैय्या । ग्राहक र साहुजीबीच चर्काचर्की सुरु हुन थाल्छ ।

सम्बन्धित् समाचार  कैलालीमा युवाहरु उद्योग व्यवसायतर्फ आकर्षित

ग्राहकः दाई बेइमानी नगर्नुहोस् न खुरुखुरु बाँकी रुपैयाँ पाउँ ?

साहुजीः अरे भैय्या, कति चोटी भनुँ तिमीलाई ६ हजारमा नै कुरो फिक्स भएको होइन ?

ग्राहकः दाई ५३ सयमा मात्रै फिक्स भएको हो । बाँकि सात सय रुपैयाँ बरु छिटो पाउँ ।

साहुजीः ए… भाई खुरुखुरु साइकल लग्छौं कि ? साइकल पनि भित्र राखिदिऔं ।

ग्राहकः तपार्इंले अति गर्नुभयो दाई । म प्रहरी कहाँ जान्छु ।

साहुजीः सुरुमा साइकल पार्किङमा अड्याउँछ, अनि जाउँजाउँ भन्दै चाखमा दुइ लात र गालमा एक चड्कन हिर्काउछ ।

ग्राहकः निराश हुँदै पसलबाट निस्किन्छ ।

ग्राहकः भारतीय प्रहरी कस्टम कहाँ जान्छ । कस्टमले गौरीफन्टामा रहेको प्रहरी पोष्टमा जान आग्रह गर्छ । ग्राहक जाँदैन । उसले हिन्दी भाषा बुझ्दछ । तर, बोल्न आउँदैन । भयो फसाद ! अनि ग्राहकले अब घर फर्किनुको विकल्प छैन भन्दै धनगढी आउने निधो गर्छ । आउँदा–आउँदै एउटा आइडिया फुर्छ– नेपाल प्रहरी कहाँ जाने अनि समस्या बताउने । ग्राहक सीमानामा रहेको त्रिनगर प्रहरी चौकी कहाँ जान्छ । तर, पहिले बोर्डर चेकिङमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई समस्याको फेहरिस्त सुनाउँछ ।

ग्राहकले सम्पूर्ण समस्या बताउँछ । प्रहरीले भन्छ– हेर भाई तिमी चिन्ता नगर । अस्ति पनि त्यहाँका साहुजीहरुले नेपाली ग्राहकमाथि दुव्र्यवहार गरेका थिए । आज पनि गरे । तर, आज चाहिँ त्यस्तो गर्ने साहुजीले कारबाही भोग्छ । यति भन्दै एकजना प्रहरी र ग्राहक गौरीफन्टाको प्रहरी चौकीमा जान्छन् । चौकीमा पुगेपछि सबैकुरा त्यहाँ भएका चौकी प्रमुखलाई बताउँछन् । ग्राहकले हिन्दी भाषा नजान्ने भएका कारण नेपाली प्रहरीले उल्था गर्दै ग्राहकको समस्या सुनाउँछ । चौकी प्रमुख पनि भर्खरै सरुवा भएर आएकाले नेपाली भाषा त्यति राम्ररी बुझ्दैन्थ्यो ।

साहुजीका विरुद्ध निवेदन पनि एकजना नेपाली नागरिकले हिन्दीमा भन्दै ग्राहकले लेखेको थियो । यति गरेपछि ग्राहकसँगै केही जना भारतीय र एक जना नेपाल प्रहरी दुव्र्यवहार गर्ने व्यापारीको पसलमा गए । अनि दुव्र्यवहार गर्ने साहुजीलाई चौकीमा ल्याइयो । अनि चौकी प्रमुखले सोध्यो– किन दुर्व्यवहार गरेको ? उल्टा व्यापारीले भन्यो– कसले दुर्व्यवहार गरेको ? उसले ग्राहकलाई इङ्गित गर्दै अगाडि थप्यो– उनले नै सामान लैजाउँ भनेर लगेका हुन् । व्यापारीले झूठ बोलेको मबाहेक अरु केही प्रमाण थिएन । तर, उसको झूठ उसको चेहराबाट प्रष्ट देखिन्थ्यो । साहुजीले खल्तीबाट पैसा निकाल्दै ग्राहकको हातमा थमायो । आइन्दा ग्राहकसँग यस्तो व्यवहार नगर्ने सर्तमा बिना कागज साहुजीलाई पनि छोडियो । अनि ग्राहक पनि प्रहरीलाई धन्यवाद भन्दै धनगढी फिर्यो ।

सम्बन्धित् समाचार  अनुभूतिको अभिलाषा

यो त प्रतिनिधि घटनामात्रै हो । यस्ता घटना दिनहुँ भइरहेका छन् । तर, यसको नियन्त्रणका लागि न नेपालबाट पहल हुन सकेको छ, न त भारतबाट नै । नेपाली ग्राहक पनि मूर्ख नै हुन, पाँच–दश रुपैयाँ सस्तोका लागि भारतको बजारमा गएर सामान खरिद गर्छन् ।

कमेन्ट गर्नुहोस्