अत्याधिक चिसो बढ्नाका कारण विद्यार्थीहरुलाई कक्षाबाहिर पठनपाठन

66 पटक पढिएको

मनाङ, कात्तिक २३ । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि मनाङका अधिकांश विद्यालयले कक्षाकोठा बाहिरै पठनपाठन गराउँदै आएका छन् ।

हिमालको छेवैमा रहेका विद्यालय र शून्य डिग्री तापक्रम वरिपरि हिमपातका कारण कक्षाकोठामा बढी चिसो हुने भएकाले कक्षाकोठामा पठनपाठन गर्न कठिन भएको र चिसो बढेपछि सधैँ बाहिर पठनपाठन गर्दै आएको बताउँदै अन्नपूर्ण मावि मनाङका शिक्षक चित्रकला पराजुली ।

बिहान १० देखि ३ बजेसम्म अलिअलि घाम लाग्ने र घामको ताप रहुन्जेल सहज हुने भएकाले बालबालिकालाई घाममा राखेर पढाउँदै आएको उहाँले बताउनुभयो ।

यसरी कठिन परिस्थितिमा पनि आफूहरुले विद्यालयको पठनपाठनलाई निरन्तरता दिएको साथै सार्वजनिक बिदामा पनि विद्यालयमा पठनपाठन भएको बताउँदै अन्नपूर्ण मावि मनाङका प्रअ आन्नदराज घिमिरे ।

नेपालका अधिकांश सरकारी विद्यालय सार्वजनिक बिदाका दिनमा बन्द भए पनि मनाङको माथिल्लो भेगमा रहेका विद्यालयमा पढाइ हुने गरेको पाइन्छ ।

चिसोका कारण विद्यार्थी र शिक्षकमा स्वास्थ्य समस्या आएकाले चिसोबाट बच्न र बचाउन पनि कक्षाकोठा बाहिर पठनपाठन गर्न बाध्य भएको बताउँदै शिक्षिका टीककुमारी विक ।

यसरी कक्षाकोठा बाहिर अध्यापन गराउँदा विद्यार्थीको पढाइ र सिकाइ कतिको प्रभावकारी होला भन्ने जिज्ञासा जनमानसमा बढेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  हिमपहिरोका कारण गङ्गापूर्ण ताल जोखिममा