तीन महिनाअघि नै ‘कालो पोथी’ लिक भएको रहस्य खुलासा

निर्देशक भामले भन्छन्– ‘थाहा छैन
107 पटक पढिएको

कार्तिक २३ । नेपाली चलचित्र क्षेत्रमा फेरि अर्काे नयाँ नेपाली चलचित्र ‘कालो पोथी’ सामाजिक सञ्जालमा लिक भएको छ ।

चलचित्र ‘लुट २’ जुन फेसबुकबाट लिक हुन पुगेको थियो, अहिले त्यही फेसबुकबाट अर्को एक फिल्म ‘कालो पोथी’ पनि लिक भएको रहस्य खुल्न आएको छ ।

सोही पेजबाट सोझै ‘लुट २’ जसरी लिक नभएपनि फेसबुक पेज सञ्चालकले फिल्मको उपलब्ध लिंक शेयर गरेका छन्। फिल्म ब्लगिङ साइट ब्लगस्पटबाट रिलिज भएको छ । सो ब्लगस्पटमा ‘कालोपोथी’ राम्रो गुणस्तरमा उपलब्ध छ।

फिल्मका निर्देशक मीन भामले आफूलाई यसबारेमा केही थाहा नपाएको प्रतिक्रिया दिएको छ । उनले भने– ‘हामीले त हल रिलिजपछि कुनै माध्यमबाट पनि रिलिज गर्ने अनुमति दिएका छैनौं ।’

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  चलचित्र ‘कारखाना’ जेठमा चल्ने