विश्वकप जितें तीर्थयात्रामा जाने मेस्सीको इच्छा

150 पटक पढिएको

काठमाडौं, कात्तिक २३ । स्टार स्ट्राइकर लियोनल मेस्सीले सन २०१८ मा रूसमा हुने विश्वकप फुटबलको उपाधि अर्जेटिनाले जिते आफू तीर्थयात्रामा जाने बताएका छन । २०१६ मा ब्राजिलमा भएको विश्वकपको फाइनलमा मेस्सीको टोलीले जर्मनीसँग १–० गोलले पछि पार्दै उपाधी चुम्नबाट बञ्चित भएको थियो ।

तर यसपालीको दक्षिण अमेरिकी क्षेत्रको छनौट चरण अन्तर्गत गएको महिना भएको अन्तिम खेलमा मेस्सीले ह्याट्रिक नगरेको भए अर्जेन्टिना विश्वकपमा पुग्ने संभावना नै थिइन भन्दा हुन्छ ।

छनोट चरणको अन्तिम खेलमा मेस्सीको उत्कृष्ट प्रदर्शनसँगैको ह्याट्रिकले अर्जेटिना विश्वकपमा लागि छनोट हुन सफल भएको थियो । क्लब फूटबलमा सबै खाले कीर्तिमानी बनाउन सफल मेस्सी, आफ्नो नेतृत्वका अर्जेटिनाले विश्वकपको उपाधी जित विश्वकै चर्चित खेलाडी बन्ने छन । देशका लागि फुटबल खेलेन भन्ने उनमाथि बारम्बार लगाइने आरोप हो ।विश्वकपको उपाधि घर ल्याउन सके आफू ६८ किलोमिटर तिर्थयात्रा गर्ने मेस्सीले बताएका हुन् । मेस्सीले टिवाइसी स्पोर्टससँगको कुराकनीमा देशलाई उपाधि दिलाउन सके पवित्र तिर्थ यात्रामा निस्कने बताएका हुन् ।

अर्जेन्टिनाका क्याथोलिकहरुले हरेक वर्ष आफ्नो शहरबाट ६८ किलोमिटर पर्ने गरी सान निकोलसको रोसारिओसम्म हिँड्ने गर्छन् । यसलाई पवित्र तिर्थयात्राको रुपमा लिने गरिएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  साफ च्याम्पियनसिपकाे उपाधि उचाल्ने नेपालको लक्ष्य