वर्षाका कारण प्रभावित नेपाल र बंगलादेशबीचको क्रिकेट सुरु

54 पटक पढिएको
काठमाडौं, कात्तिक २५ ।  एसिसी यू–१९ एसिया कपअन्तर्गत वर्षाका कारण प्रभावित नेपाल र बंगलादेशबीचको खेल  सुरु भएङ्छकाे । खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे किनरारा ओभलमा सुरु हुनुपर्ने भए पनि बर्षाले ढिलार्इ भएकाे हाे ।

नेपाल र बंगलादेशको युवा क्रिकेट टिमबीच पछिल्लो १० दिनमा चौथो पटक प्रतिस्पर्धा हुन लागेको हो। मलेसिया पुग्नुअघि नेपाली टिम तीन खेलको सिरिज खेल्न बंगलादेश भ्रमणमा गएको थियो। सुरुवाती दुई खेलमा पराजित भएको नेपालले अन्तिम खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गरेको थियो।

 समूह ‘ए’ अन्तर्तग शुक्रबार भएको खेलमा भारतले मलेसियालाई २ सय २ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। समूह ‘बी’ को खेलमा अफगानिस्तान र श्रीलंका विजयी भएका थिए। अफगानिस्तानले पाकिस्तानलाई ७ विकेटले हराउँदा श्रीलंकाले युएईलाई ७ विकेटले नै पराजित गरेको छ।

नेपाली टिम
दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, साहब अलाम, किशोर महतो, प्रकाश केसी, कमलसिंह ऐरी, भीम सार्की, रसिद खान, जितेन्द्र सिंह।
वैकल्पिक खेलाडी– सन्दीप जोरा, विक्रमकुमार भुसाल, अंकित सुवेदी, विजय चौधरी।
मुख्य प्रशिक्षक – विनोदकुमार दास
सहायक प्रशिक्षक – कलाम अली
ब्याटिङ प्रशिक्षक – मोन्टी देसाई
म्यानेजर – रमन सिवाकोटी

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  बंगलादेशविरुद्ध नेपालको कसिलो बलिङ, १० ओभरमा ४ विकेट पतन