संकटामा भक्तजनको घुइँचो

77 पटक पढिएको

इभा राजवाहक

काठमाडौं, कार्तिक २५ । न्यूरोड गेटमा रहेको संकटा मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेका छन् ।

कार्तिक महिनाको मंसिर कृष्ण अष्टमी भएकोले अाफ्नो सुख–शान्ति, ग्रह शान्ति, शनि, राहु, केतुको पुजा, होम पूजा गराउन अत्यन्त शुभ रहेकाले भक्तजनहरुको घुइँचो लागेको हो ।

अाज शनिबार कार्तिक महिनाको अन्तिम शनिबारको दिन सङ्कटामा भक्तजनको भीडमा साना साना बालबालिकाहरु अाफ्नो दिनभरिको गुजारा चलाउनका लागि बिहानको चिसोमा चामल तथा पैसा स‌ङ्कलन गरिरहेका छन् ।

 

 

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  सर्वोच्चको आदेशले चुनावलाई केही फरक पार्दैन : कानूनविद्