धनगढीका सञ्चार गृहभित्रको शोषण

108 पटक पढिएको

लोकेश धामी

अनुभूतिः

कार्तिक २५ । केही दिनअघि एकजना दाईले चिया गफैमा सोध्नुभयो– भन्न त मिल्ने होइन, तर नजिकको सम्झेर भनेको भाइको तलब कति छ ? म अवाक भएँ, भन्ने की नभन्ने ! तर, वास्तविक तलब ढाँटेर मैले १२ हजार भनिदिए । मेरो तलब चाहिँ आठ हजारमात्रै थियो । त्यसमा पनि कर काट्नुपर्ने ।

पत्रकारको पारिश्रमिक थोरै हुन्छ । तर, दिन–रात अहोरात्र खटिरहनुपर्छ । यो वास्तविकता सबैलाई थाहा भइसकेको छ । मिडियाहरु दिनहुँ बढ्दै गएका छन् । तर, त्यही मिडियामा काम गर्ने कर्मचारीको तलब भने घट्दै गएको छ । अझ भनौं कैलालीको धनगढीका मिडिया मालिकले त श्रम शोषण नै गरेका छन् । यहाँका पत्रकारले सामान्य तलबमा ओभर टाइमसम्म काम गर्न बाध्य छन् । मिडिया मालिक मोटाउँदै गएका छन् । तर, संस्थाको भविष्य कोर्ने मजदुर दिनहुँ पातलिदैं रहेका छन् । यहाँका मिडिया मालिकहरुले दिनभर बजारबाट उठेको पंैसाले मिडिया चलाउन खोजिरहेका छन् । गतिलो तरिकाले लगानी गर्ने सामथ्र्य राख्न सकेका छैनन् ।

अरुको समस्याबारे सूचना प्रवाह गर्ने पत्रकार स्वयं भने समस्याको चाङमा अडिएको छ । अरुको व्यथितिबारे खुलासा गर्ने भएपनि आफूले काम गर्दै आएको सञ्चार गृहको व्यथिति किन खुलासा गर्न चाहँदैन ? यसको सरल जवाफ छ– यदि यस्तो कुरा बाहिर प्रष्ट पार्यो भने ऊ आफू कार्यरत संस्थाबाट नै लखेटिन्छ ।

पत्रकारको पनि परिवार हुन्छ, मन, इच्छा तथा आकांक्षा हुन्छ । यतिमात्रै होइन, आफूले कमाएको पारिश्रमिकबाट सजिलै जीवन गुजारा चलोस् भन्ने चाहना राख्छ । तर, यो पीर–मर्का बुझ्ने को ? यस्ता व्यथा न मिडिया मालिक नै बुझ्दछ, न त नेपाल सरकार नै ! धनगढीका अधिकांश मिडिया मालिकले कर्मचारी टिकाउन सक्दैनन् । आखिर किन त ? यो सवालको जवाफ पनि सरल छ– मालिक सम्झिन्छ कम पारिश्रमिक मै कर्मचारी काम गरोस । तर, कर्मचारी सम्झिन्छ सीप सिकेपछि पारिश्रमिक पनि बढ्नुपर्छ । यहीबीच नै मालिक र मजदुरबीचको कुराकानी मिल्दैन । अनि के गर्छ त विचरा मजदुर सो संस्थामा काम गरेर !

सम्बन्धित् समाचार  कैलालीका १० तहमा एमाले उम्मेदवारकाे टुंंगो

मिडियामा पंैसा छैन भन्ने हल्ला छ । त्यसो भए किन प्रसारण र प्रकाशन भइरहेका छन् त विज्ञापन । एउटा विज्ञापनको माषिक न्यूनतम २५ सय रुपैयाँ कष्ट लिएर १ सय १० वटा विज्ञापन ७ जना कर्मचारी भएको एउटा रेडियोले प्रशारण गर्छ भने, कसरी उ रेडियोले पैंसा छैन भन्न सक्छ ! मैले काम गरिआएको रेडियोमा माथि उल्लेख गरेको संख्यामा विज्ञापन बज्दथ्यो । तर, मैले कहिल्यै समयमै तलब खान पाइनँ । १ सय १० विज्ञापनको २५ सयका दरले २ लाख ७५ हजार रुपैयाँ हुन आउँछ । यो रकम नै कर्मचारी, विद्युत्, टेलिफोन, भाँडा, अन्यमा खर्च भएपनि केही रकम बचत हुन आउँछ । तर, मालिकले अझै रेडियोको आम्दानी छैन भन्दै कर्मचारीको तलब रोक्छ । यो त विज्ञापनको कुरा भयो ।

त्यस्तै रेडियोले प्रायोजन गरेका कार्यक्रम पनि बजाँउछ त्यसको पैसा त अलग्गै छ । तर, लाज पचाएका मिडिया मालिकले भने आम्दानी छैन भनेर स–गर्वका साथ भन्छ ।

धनगढीका रेडियोको समाचार शाखामा काम गर्ने कर्मचारिले सबैभन्दा बढि ३५ हजार तलब खान्छ भन्ने सुनेको छु । यर्थाथ हो या झुट । खैर, जे सुकै भए पनि समाचार संयोजकको हैसियतमा यो स्केललाई ठूलो मान्नु पर्ने कारण नै छैन । तर, अरुको तुलनामा भने धेरै बढि हो । अन्य रेडियोका समाचार शाखाका अधिकांश कर्मचारीले भने न्यूनतम् तलब पनि पाइ– रहेका छैनन् । कोही ५, कोही ६ कुनैले आठ हजार रुपैयाँ पारिश्रमिकमा मन बुझाउनु परेको यथार्थ छ । अनि संचारगृहका मालिक भने यो पारिश्रमिकमा निकै लोकप्रिय समाचार सामग्री खोज्छन् । सबै कुरामा पैसा मात्रै भन्ने सवाल पनि आउँन सक्छ ! तर, जब सन्तुष्टि छैन भने कसरी गुणस्तरिय काम गर्न सकिन्छ ।

सेवा सुविधा प्रदान गर्न आनाकानी गर्ने अनि कसरी दिन सकिन्छ गुणस्तरिय सामग्री ? आधारभूत उपकरण अभाव तथा संस्था भित्रको व्यवस्थापनको अवस्था रेष्टुरेन्ट तथा बारको जस्तो भए पछि कसरी दिन सकिन्छ स्रोतालाई लोभ्याउने सामग्री ? मिडिया भित्रको वातावरण कस्तो हुनु पर्छ भन्ने सामान्य ज्ञान पनि नभएका व्यक्तिले संस्था हाक्न खोजे पछि कसरी स्रोता लक्षित सामग्री प्रशारण÷प्रकाशन गर्न सकिन्छ ? आफू मात्र मोटाउ कर्मचारीलाई ठन्डाराम राखौं भने कसरी दिन सकिन्छ संस्थालाई रातारात हाइलाइटमा ल्याउन सक्ने सूचना तथा सामग्री ? यी र यस्तै किसिमका समस्या संचारगृहका प्रमुखले बुझ्दैन तबसम्म संस्थाको प्रगति हुन सक्दैन भन्नेमा दुइ मत छैन । तर, धनगढीका कतिपय संचारगृहका मालिक मै खाउ मैलाउ, शुख सयल मोज मै गरु भन्ने धारणामा सरिक भएका छन् ।

सम्बन्धित् समाचार  रेल र सडक विस्तारमा चिनियाँ राष्ट्रपति सीको उत्साहजनक रेस्पोन्सः प्रधानमन्त्री

यस्तै, यहाँका संचारगृहमा कार्यरत कर्मचारीको पारिश्रमिकमा निकै विभेद छ । यसको चपेटामा मुख्यः महिला पिल्सीएका छन् । आफू सरह क्षमता तथा सीप भएका पुरुष साथीको १० हजार तलब छ भने, महिलाले ७ अथवा ८ हजार रुपैयाँ पारिश्रमिकमै चित्त बुझाउनु परि रहेको छ । यस्तो विभिद केवल मिडियाका मालिकबाटै भइरहेको छ । समान सीप हुँदा पनि मालिकको काम गर्न सक्दैन भन्ने गलत मानसिकताका कारण यस्तो प्रवृति हाबी हुँदै गएको छ ।

धनगढीका धेरै जसो मिडियाले ओभर टाइम काम गरेको पैसा दिँदैनन् । तर, नियम तथा व्यवस्थाले त्यो भन्दैन । आठ घण्टाभन्दा बढी काम गराएमा त्यसको पैसा दिनुपर्छ भन्ने व्यवस्थामा उल्लेख छ । तर, यो नियम कानूनमा पटक्कै लागू भएको छैन । कार्यान्वयन नगर्नु भनेको मालिकले मजदुरमाथि गरेको शोषण हो भनेर बुझ्दा सायद फरक नपर्ला । त्यसैले पनि अनुमान गर्न सकिन्छ,“धनगढीका कतिपय मिडिया मालिकले संचारकर्मीमाथि शोषण गरि रहेका छन् ।” धनगढीको विद्युतीय मिडियाको मात्रै कुरा गर्ने हो भने, एउटा रेडियोबाहेक अरुले कर्मचारीलाई समयमै पैसा दिन्न भन्ने हल्ला बजारभरि छ । नपत्याए सोधी हेरी हुन्छ ।

नियमले भन्छ- उद्योग तथा प्रतिष्ठानमा कार्यरत मजदुरले दैनिक ३ सय ९५ रुपैयाँ पाउनु पर्छ । तर, यहाँका कतिपय मिडियाले दैनिक २ सय ५० रुपैयाँ पनि दिइरहेको छैन । अरुले यस्तो भष्ट्राचार तथा अपराध गर्यो भनेर आवाज उठाउने मिडिया, तर मिडियाभित्र भएको अपराध र शोषण विरुद्ध कसले आवाज बुलन्द गर्ने ? यस्ता कुरा पढ्दा तथा सुन्दा मालिकका मनमा रिसको आगो दन्कीन्छ । तर, त्यहि संस्थामा काम गर्ने विचरा मजदुर माथि शोषणा गर्दा कहाँ भाग्छ मालिकको दयामाया !

मन नमिलेको मान्छेको चरित्र हत्या गर्नुपर्ने, अनर्गल समाचार सम्प्रेषण तथा अतिरञ्चित गर्न बिबस हुनुपर्ने जस्ता बाध्यता छन् धनगढीका कतिपय मिडियामा काम गर्ने संचारकर्मीका । पत्रकारिताको कखरा नपढेका कतिपय व्यक्तिको हातमा मिडिया पर्दा पत्रकारिता पेशा नै बद्नियत हुँदैछ । यी कुरा कुनै काल्पनिक होइनन्, प्रत्यक्ष भोगेका अनुभव शब्दमा उत्रारेको हुँ।

सम्बन्धित् समाचार  हामी सबैले मिलेर बनाउनुपर्यो

 

कमेन्ट गर्नुहोस्