प्रियंकालाई किन चलचित्रबाट आउट गरे ?

123 पटक पढिएको

कार्तिक २४ । नेपाली चलचित्र क्षेत्रमा अहिले दर्शकसामु चर्चित अभिनेत्री तथा मोडलको रुपमा चर्चित प्रियंका कार्की पछिल्लो समयमा एक नम्बर आउन सफल भएकी छिन् । उनी फिल्म क्षेत्रबाट आउटभन्दा जो–कोहीलाई पनि विश्वास लाग्दैन । प्रसंग हो, चलचित्र ‘फाटेको जुत्ता २’ को ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘फाटेको जुत्ता’ का निर्माता अर्जुनकुमारले बिहीबार यस चलचित्रको सिक्वेल निर्माण घोषणा गरेका छन् । राजधानीमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रमका बीच उनले फिल्मको सिक्वेल घोषणा गरेका हुन् ।

फिल्मले रिलिजको केहि दिनमा नै लगानी सुरक्षित गरेको दाबी गरेका छन् । यद्दपी फिल्मको माउथ पब्लिसिटि भने निकै नकरात्मक आईरहेका छन् । उनले अबको सिक्वेलमा अभिनेत्री प्रियंका कार्कीलाई हटाएर अभिनेता सौगात मल्ललाई फाईनल गरेका छन् । प्रेस भेटघाटमा निर्माता कुमार अभिनेत्री कार्कीप्रति आक्रोशित हुँदै निकै असन्तुष्ट देखिएका थिए ।

शुक्रबारदेखि मंगलबारसम्म २ करोड ग्रस कलेक्सन गरेको निर्माण पक्षको एकोहोरो दाबी छ । निर्माता कुमार सोही कुरामा उत्साहित हुँदै फिल्मको सिन्वेल यो वर्ष नै निर्माण सम्पन्न गर्ने बताएका छन् ।

फिल्ममा निर्माता निर्देशक निकेश खड्का सहित को टिम दोहोरिने पक्का–पक्की भएको छ । स्कृप्टको काम अन्तिम चरणमा पुगेको पनि निर्माताले बताए । निर्माता अर्जुनकुमारले ‘हिरोइन नयाँ ल्याउँनेछौं भने प्रियंका किन रहन्न केही बोलेनन ।’ त्यसो त फिल्मको प्रचार प्रसारको समयदेखि नै अभिनेत्री कार्की र निर्माण टिमबीच फाटो आएको गसिप बजारमा चर्चा चलेको थियो । यो फिल्मको अन्तिम प्रचार प्रसारमा उनी देखिएकी पनि थिईनन् । प्रियंकाप्रति रुष्ट बनेका निर्माताले मिडियाकर्मी माझ धेरै कुरा तपाईंहरुलाई नै थाहा छ भन्दै स्पष्टिकरणबाट पन्छिएका थिए ।

बिहीबारको कार्यक्रममा पनि अभिनेता सौगात मल्लमात्र निर्मातासँगै देखिएका थिए । सौगातले फाटेको जुत्तामा धेरै काम देखाउन अझैं नसकेको भन्दै त्यो भन्दा राम्रो काम सिक्वेलमा देखाउने प्रतिवद्धता जनाए फिल्मको क्लाईमेक्समा छोडिएको अन्तिम स्टोरीलाई नै सिक्वेलले निरन्तरता दिनेछ । अर्जुनकुमार फिल्मस् र हाइलाइट्स नेपालको संयुक्त ब्यानरमा फिल्म बन्नेछ । कार्यक्रममा अर्जुनकुमार फिल्मसले अबदेखि नयाँ फिल्मको राजधानी वितरणको काम पनि गर्ने समेत जानकारी गराएको छ ।

सम्बन्धित् समाचार  चलचित्र ‘कारखाना’ जेठमा चल्ने

कमेन्ट गर्नुहोस्