जनमुखी बिकासको लहर आउँछ : श्रेष्ठ

168 पटक पढिएको

अजिरकोट (गोरखा), कात्तिक २५ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर २ उम्मेदवार नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले चुनाव पछि जनमुखी बिकासको लहर आउने दावी गरेका छन ।

क्षेत्र नम्बर २ अन्तर्गत शनिबार अजिरकोट गाउँपालिका ३ काफलडाँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले संविधान कार्यान्वयन गर्दै देशको विकास गर्नको लागि मंसिर १० र २१ को चुनाव महत्वपूर्ण भएको बताए ।

‘जनताको आशा र आकांक्षा पूरा गर्न मेरो उम्मेदवारी हो।’ श्रेष्ठले भने, ‘जनताको आधारभूत समस्या समाधान गर्न तुरुन्तै पहल गर्ने प्रतिबद्धता व्यक्त गर्छु।’

बाम गठबन्धनको साझा उम्मेदवार श्रेष्ठले बामपंथीको सरकार बन्ने निश्चित भएको बताउँदै वाम गठबन्धनलाई स्पष्ट बहुमत दिन आग्रह गरे । विकासको निम्ति सरकार चाहिने बताउदै श्रेष्ठले जनताको दैनिक जीवन नै फेर्ने गरि विकास गर्ने अठोट व्यक्त गरे । विकासको लागि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै श्रेष्ठले चुनाब जितेंपछि पनि आफू नियमित जनताको सम्पर्कमा रहने बताए ।

गोरखामा पर्यटकीय स्थल धेरै भएकोले पर्यटन विकास, सडक, विजुली, पानी, जडिबुटी र फलफूल खेती लगायतका विकास निर्माण कार्यमा आफू पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  माओवादी संसदीय दलको बैठक बस्दै