इराकमा ४ सय जनाको सामुहिक चिहान भेटियो

67 पटक पढिएको

काठमाडौं, कात्तिक २६ । इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान फेला परेको छ ।

इराकी सेनाले हावाइजी नजिकको एअरवेसमा उक्त चिहान फेला पारेको हो । गत महिना अघिसम्म उक्त क्षेत्र इस्लामिक अतिवादी समुह आईएसको नियन्त्रणमा थियो ।

चिहानमा आईएसले हत्या गर्नुअघि लगाइदिने गरेका पोशाक लगाएका शव समेत फेला परेका छन् ।

किरकुक प्रान्तका गभर्नर रकानले उक्त क्षेत्रलाई आईएसले हत्या गर्ने मैदानको रुपमा परिणत गराएको बताए ।

इराकी सेनाले आईएसको नियन्त्रणमा रहिसकेका विभिन्न ७२ वटा सामुहिक चिहानबाट करिब १५ हजार शव फेला पारिसकेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  कुमारीको आम्दानी ५० लाख