‘राजा–रानी’ को ‘चिप्पक–चिप्पक’ बोलको गीत सार्वजनिक

60 पटक पढिएको

कार्तिक २६ । अभिनेता नाजिर हुसेनसँग अभिनेत्री केकी अधिकारीले पहिलोपल्ट जोडी बाँधेको चलचित्र ‘राजा–रानी’ को पहिलो गीत सार्वजनिक भएको छ ।

नेपाली चलचित्रको ‘चिप्पक–चिप्पक’ बोलको गीत सार्वजनिक गीतमा नाजिर र केकी दुवैलाई फरक रुपमा प्रस्तुत गरिएको छ ।

तराईको परिवेशमा बनेको उक्त गीतमा दीपक शर्माको सङ्गीत, राजेन्द्र थापाको शब्द तथा नरहरी प्रेमी र सुमिना लोको स्वर रहेको छ ।

भिडियोमा विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।

यम थापाको लेखन र निर्देशन रहेको चलचित्र राज्जा रानीलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  ‘ए मेरो हजुर–२’को पहिलो किर्तिमानी (भिडियाेसहित)