अनिश्चितकालका लागि शिक्षक सेवा आयोगमा तालाबन्दी

49 पटक पढिएको

काठमाडौं, कार्तिक २६ । शिक्षा ऐन नवौ संशोधनले ७ लाखभन्दा बढी लाइसेन्स होल्डर र ६५ लाखभन्दा बढी उच्च शिक्षा अध्ययनरत विद्यार्थीमाथि अन्याय भएको भन्दै तदर्थ विद्यार्थी संघर्ष समितिले शिक्षक सेवा आयोगमा तालाबन्दी गरेको छ ।

संशोधनप्रति आपति प्रकट गर्दै समितिले गत कार्तिक २३ गते २४ घन्टे अल्टिमेटम बुझाएको थियो । तर, त्यसको सुनुवाइ नभएकोले शिक्षक सेवा आयोग अनिशिचतकालका लागि तालाबन्दी गरिएको समितिले जनाएको छ ।

उसले आफुहरुकोे सहमति बिना ताला खोलिए त्यसपछि निम्तिने खतराको जिम्मेवारी आयोगले लिनुपर्ने चेतावनी दिएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  शिक्षा सुधारमा ७ अर्ब सकियो : उपलब्धि शुन्य