‘रेस ३’ मा सलमान खानका लुक रिविल, इदको अवसरमा रिलिज हुने

75 पटक पढिएको

मुंबई, कार्तिक २७ । बलिउड क्षेत्रका सुपरस्टार अभिनेता सलमान खानको ‘रेस ३’ मा उनको लुक सार्वजनिक भएको छ । सलमानले ट्विटरमा एक फोटो शेयर गर्दै लेखेका छन्– ‘……. and Race3 begins’ ।

जानकारीका अनुसार ‘रेस ३’ मा सलमान खानको अलावा जैकलीन फर्नांडिज, साकीब सलीम, बबी देओल, फ्रेडी दारुवाला र डेजी शाह मुख्य भूमिकामा देखिने भएका छन् । रेमो डीसूजा की यस चलचित्रको रमेश तोरानी निर्माता रहेको छ । बलिउड क्षेत्रमा यो चलचित्र ‘रेस’ को तेस्रो पार्ट रहेको छ ।

बताएअनुसार २००८ मा अब्बास मस्तानको ‘रेस’ मा सैफ अली खान, अक्षय खन्ना, कैटरिना कैफ र विपाशा बासु रहेका थिए । यो चलचित्र एक ब्लकबस्टर सावित भयो । यसपछि ‘रेस २’ मा जसमा स्टार कास्ट भएको थियो– सैफअली खान, दीपिका पादुकोण, अनिल कपुर, जैकलीन फर्नांडिज र नील नितिन मुकेश ।

तर, यी दुई पाठमै चर्चित अभिनेता सैफअली खान रहेको थियो तर यो पटक भने सैफअली खान रहेको छैन ।

 

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  पोर्नको कुरालाई लिएर सनी लियोनले दिइन यस्तो बयान