दयाहाङ र श्वेताको केमेस्ट्री कतिको जम्ला त ?

83 पटक पढिएको

कार्तिक २७ । नेपाली चलचित्र क्षेत्रमा श्वेता खड्कालाई दर्शकले श्रीकृष्ण श्रेष्ठकी श्रीमतीको रूपमा चिन्छन् । हुन त उनको आफ्नो छुट्टै एउटा पहिचान रहेको छ, नेपाली चलचित्रका अभिनेत्री एवं उद्यमी महिलाका रूपमा । होटल तथा क्याफेहरूकी सञ्चालिका श्वेता विवाह भएको केही समय नबित्दै आफ्नो श्रीमान् गुमाउनुपर्दा केही समय शून्यमा थिइन् । श्रीमानको निधनको शोधबाट बाहिर आउन उनलाई झन्डै डेढ वर्ष लाग्यो।

श्रीकृष्णले अवलम्बन गराइदिएको बाटो अर्थात् अभिनय कर्ममा उनी फेरि पुरानै जोश–जाँगरका साथ फर्किएकी छिन् । श्वेता आफैंले निर्माण गरेको चलचित्र ‘कान्छी’ लगभग तयार भइसकेको छ । पर्दामा उनलाई अभिनेता दयाहाङ राईले साथ दिएका छन् । नेपाली चलचित्र ‘कान्छी’को एउटा गीतको भिडियो समेत सार्वजनिक भएको छ जसमा श्वेता र दयाहाङले राम्रोसँग नाचेका छन् ।

राजनराज शिवाकोटीको शब्द तथा संगीतमा राजनका साथ अञ्जु पन्तले गाएको मौलिक शैलीको उक्त गीतमा दयाहाङ राईले आफ्नो चलचित्र करियरकै सबैभन्दा राम्रो नृत्य गरेका छन् । श्वेता र दयाहाङको जोडीले पर्दामा राम्रो केमेस्ट्री प्रस्तुत गर्ने संकेत उक्त गीतले देखाएको छ ।

 

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  बन्ने भयो निखिलको ‘पिँजडा ब्याक अगेन’