मिस लिटिल नेवाः २०१७ को उपाधि जेनीलाई

52 पटक पढिएको

काठमाडौं, कात्तिक २७ । भक्तपुरकी १३ वर्षीया जेनी मानन्धरले मिस लिटिल नेवाः २०१७ को उपाधि जितेकी छिन् ।

राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सोमबार सम्पन्न प्रतियोगितामा ३० जना प्रतिस्पर्धीलाईपछि पार्दै जेनीले नगद दश हजारसहित उपाधी हात पारेकी हुन ।

नेप्लीज फेसन होमले आयोजना गरेको ११ औं संस्करणको मिस लिटिल नेवाः मा ३१ जना बालिका तथा किशोरीहरुले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा भक्तपुरकै रोजा प्रजापतिले फस्र्ट रनर्स अपको उपाधि जित्न सफल भइन् भने लगन, काठमाडौंकी शियोन डंगोलले सेकेण्ड रनर्स अपको उपाधि जितिन् ।

नेवार समुदाय ९ देखि १३ वर्ष उमेर समुहका बालिका तथा किशोरीहरुले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा अधिकांश सहभागिले नेवार भाषामै आफ्नो परिचय दिँदै निर्णायकले सोधेका प्रश्नहरुको प्रभावकारी जवाफ दिएका थिए । नेपा डान्स एकेडेमीका कलाकारहरुको आकर्षक नृत्य प्रस्तुतीसहितको उक्त प्रतियोगितामा शिजल महर्जनले मिस ट्यालेन्टको उपाधि जित्न सफल भइन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  राप्रपा झडपमा कोमल ओली घाइते