नयाँ शक्तिका अधिकारी माओवादी केन्द्रमा प्रवेश

133 पटक पढिएको

पालुङटार, कात्तिक २७ । नयाँ शक्ति पार्टी नेपालका नेता रामप्रसाद अधिकारी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

गएको स्थानीय चुनाबमा अधिकारी पालुङटार नगरपालिका वडा नंं ९ का वडा सदस्यको उम्मेदवार थिए । पालुङटार ९ शेरामा आयोजित चुनावी सभामा अधिकारी नयाँ शक्ति परित्याग गर्दै माओवादी केन्द्र प्रवेश गरेका हुन ।

नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईले बामपंथी बिचारधारा छाडेर माओवादी केन्द्रलाइ धोका दिएकोले माओवादी केन्द्र प्रवेश गरेको अधिकारीले बताए ।

अधिकारीलाई नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर २ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ घप्रकाश’ ले अबिरमाला लगाएर स्वागत गरेका थिए ।्

सोमबार विहान नेपाली काग्रेस काग्रेस परित्याग गरि पालुङटार १० मिर्कोट बाघडाडाका दुई स्थानीय नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

बाघडाडाका काग्रेस नेताहरु जस बहादुर तामाङ र राम बहादुर भारती आज नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  निर्वाचन र समसामयिक राजनीतिक विषयमा जानकारी गराउन संयुक्त पत्रकार सम्मेलन