आश्वासन र भाषणले मात्र विकास सम्भव छैनः चन्द्र भण्डारी

68 पटक पढिएको

प्रेम सुनार

गुल्मी, कार्तिक २९ । काँग्रेस नेता एवं गुल्मी क्षेत्र नं. १ का प्रतिनिधी सभा उम्मेदवार चन्द्र भण्डारीले अब यहाँका जनतालाई आश्वासन र भाषणभन्दा पनि बिकास चाहिएको धारणा व्यक्त गरेका छन् ।

उनका प्रतिस्पर्धी एमाले नेता प्रदीप ज्ञवालीले बाम एकताले मात्र देशले निकास नपाउने उनको धारण छ । उनले माओवादी केन्द्रका नेता तथा अर्घाखाँचीका प्रतिनिधि सभा उम्मेदवार टोपबहादुर रायमाझीले आफूविरुद्ध त्यस्तो कुरा बोल्नै नसक्ने ठोकुवा गर्दै आज विभिन्न सञ्चारमाध्यममा उनीविरुद्ध आएको समाचारको टेलिफोन गरी खण्डन गरेका छन् ।

हिजो गुल्मी आएका नेता रायमाझीले सार्वजानिक कार्यक्रममा बोल्दै सालझण्डी फास्ट्याक चन्द्र भण्डारीले नभई गुल्मीमा ल्याउन एमाले नेता प्रदिप ज्ञवाली र माओवादी केन्द्रका नेता सुदर्शन वरालको दवावमा आफू मन्त्री हुँदा उक्त योजना पारेको बताएका थिए ।

उनले बोलेको उक्त भिडियो समेत जस्ताको त्यस्तै सामाजिक सञ्जालमा भाइरल भएको छ । नेता भण्डारीले भने– ‘उक्त कुरा स्वीकार गरेका छैनन् ।’

वामपन्थीहरुको विभिन्न आरोप र हल्लाका बाबजुद पनि नेपाली काँग्रेस गुल्मी क्षेत्र नं.१ को चुनावी अभियान दिन प्रतिदन उत्साहपुर्ण बन्दै गएको नेपाली काँग्रेस गुल्मी क्षेत्र नं.१ को प्रचारप्रसार समितिका संयोजक तथा पुर्वसांसद डा.कृष्णबहादुर छन्तेलले जानकारी दिए ।

गुल्मीको क्षेत्र नं.१ अन्तर्गतको प्रदेश ‘क’ का प्रदेश सभा सदस्यका उम्मेदवार पृथबहादुर फौजदारले, नेपाली कांग्रेसले मुलुकमा भएका हरेक परिवर्तन र जनताका हरेक समस्याको समाधानका काम गरिरहेको बताउँदै, नेपालका हरेक परिवर्तनको नेतृत्व गर्ने काँग्रेसले नजितेसम्म संविधान कार्यान्वयन र मुलुकको समग्र बिकास सम्भव नहुने बताए । प्रदेश नम्बर २ का उम्मेदवार धनेन्द्र कार्की पनि जनताको उत्साहसँगै आफु पनि उत्साहित भएको बताए ।

नेपाली काँग्रेस गुल्मीका उपसभापति तथा युवा नेता बिष्णु वलालले, नेपाली काँग्रेसलाई नजिताएसम्म देशले निकास पाउन नसक्ने धारणा व्यक्त गरे ।

सम्बन्धित् समाचार  सुख्खा पहिरोको सास्ती वाहेक शान्तिपुर्ण रह्यो गुल्मीको दशैं

कार्यक्रममा पुर्वसांसद कृष्ण छन्तेल, चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्री, नेपाली काँग्रेसका युवा नेता महाधिवेशन प्रतिनिधि जगदीश भट्टराई, नेपाल बिद्यार्थी संघ गुल्मीका कार्यवाहक सभापति झविन्द्र पाण्डे नेपाली काँग्रेसलाई विजयी नबनाएरसम्म लोकतन्त्र संस्थागत हुन नसक्ने धारणा राखेका थिए ।

यस क्षेत्रको चुवानी अभियान दिन प्रतिदिन तात्दै गएको गुल्मी क्षेत्र १ का सभापति पारिश्वर ढकाल बताउँछन् । ढकाल भन्छन्, यो क्षेत्रमा अरुपार्टीको तुलनामा नेपाली काँग्रेसको चुनावी अभियान तिव्र बन्दै गएको छ, । क्षेत्र १ अन्तर्गतको चन्द्रकोटको तुराड्ड, शान्तिपुर, विसुखर्क, हरेवा, वलिवाड्ड, हर्राचौर, ग्वाघा आयोजित चुनावी सभामा बोल्दै, नेता ठुलो भएर मात्रै पुग्दैन, जनताका समस्या बुझ्न सक्ने खालको व्यक्तिलाई चुन्नुपर्ने वेला आएको बताए ।

 

कमेन्ट गर्नुहोस्