अाज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर गौचनको हत्यारा सार्वजनिक गर्दै

42 पटक पढिएको

काठमाडौं, कार्तिक २८ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेको भन्दै एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिबारे प्रहरीले कुनै परिचय खुलाएको छैन ।

दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर अभियुक्त सार्वजनिक गर्ने प्रहरीको तयारी छ । स्रोतका अनुसार ती व्यक्ति हत्यामा प्रयोग भएको मोटरसाइकलको पछाडि बसेर भागेका थिए ।

असोज २३ गते भएको हत्याबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा विशेष टोली गठन गरेको छ ।

उक्त टोलीमा केन्द्रिय अनुसन्धान ब्युरोका एसएसपी शेरबहादुर बस्नेत, महानगरिय अपराध महाशाखाका एसएसपी दिवेश लोहनी, तीन डिएसपी र एक इन्सपेक्टर छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  कपनबाट गौचनको हत्यामा संलग्न थप दुईजना पक्राउ