‘भौगोलिक सुन्दरतामा सामाजिक सेवाको श्रृंगारले सजिएको हाम्रो गुल्मी’ नेपाल भित्रको एउटा सानो स्वर्गको टुक्रा गुल्मी (फिचर)

85 पटक पढिएको

कार्तिक २८ । हाम्रो शब्दकोषमा सुन्दर र श्रृंगार आफैमा परिपुरक छन र मानिस आफैंमा एक महत्वकाँक्षी र प्रगतिशील हुनु प्राकृतिक गुण हो । यी सबै कुराहरुलाई जीवन गुजारा गर्दै जाँदा मौन विकास भइरहेको उसले महसुस तत्काल नगरेपनि जीवनको एउटा विन्दुमा महसुस हुन आउने गर्बका कुरा हुन् । चाहे त्यो आर्थिक होस, सामाजिक होस् अथवा पारिवारिक होस् परन्तु कुनै यस्ता कुराहरु नि हुन्छन ताकी केही गुमाउँदा नि सारमा गर्ब महसुस गरिरहेको पाइन्छ ।

यी सबैमा भन्दाबढि मानब जिवनकै दृढ बिस्वास सहितको भयानक रुपले गरिने गर्ब खासमा जननि र जन्म भुमि बिषेस अर्थ पूर्ण हुने गर्छ्र यसै सुन्दर्भमा म आज यो क्षितिज पारिबाट मेरो जन्म भुमि नेपाल भित्रको सानो स्वर्गको नेपाल एउटा सानो टुक्रा अथवा मेरो आफ्नो तन, मन र जिवनको सर्बश्व गुल्मीको कुरा गर्न चाहान्छु ।

जन्मभुमि आफुलाई राम्रो लाग्नु प्राकृतिक हुनु एउटा छुट्टै पाटो हो तर बिशेष किसिमका बिश्लेषण सहितका तर्क पूर्ण कुराहरु बाट यसको औचित्य पुष्टि गर्नु उत्तिकै गाह्रो कुरा हो ।

प्राकृतिक सुन्दरताका बयानहरू गर्दा मनमा धेरै चित्रण आउने गर्छन तर मेरो गुल्मीको प्रकृति सुन्दरता त्यत्ति मन मा आउने चित्रणलाई मात्र आधार मान्नु आफैंमा अन्याय पुर्ण कुरा हुने छ। धेरै जसो भूभाग पहाडले ओगटेको अनि ति पहाडका कोसैको काखमा सुन्दर बस्ती अनि कोसैको काखमा उर्बरभूमिमा हनुमानले भगवानको प्राण बचाउन बोकेका जडिबुटीका सुन्दर बगैचाहरु अनि शिरमा कतै मन्दिरका गजुर जस्तो प्राकृतिक मनोरम त कतै भगवान शिवको शिरमा पार्वतीको मुखबाट झर्ने झरना जस्तै कल कल गर्दै बग्ने खोला नालाहरु जसले हेर्दाको सुन्दरता मात्र होइन उपयोगिताको सुन्दरतामा अझ लोभ लाग्दछ ्र कतै सिचाइ, कतै खाने पानी त कतै साना जल विद्युत बनेका छन आहा त्यो मेरो जन्म ठाउँ सिरानमा जडिबुटीको सुमेरु पर्वत बिचमा मानब बस्तीको उपत्यका अनि काखमा उर्बरभूमि अनि कोखमा कैलास पर्बतबाट खान र सिंचाई गर्न र प्रकृतिलाई लोभ्याउन बग्ने ति नदीहरु छन् ।

सम्बन्धित् समाचार  गुल्मीमा कुन दलले कति मत पाए ?

गुल्मी प्राकृतिक स्रोतहरू साथै पर्यटन अनुग्रह भनेर स्वाभाविक सुन्दर दृश्यहरुमा धनी छ । यि त जन्मिदै पाएका सुन्दर जन्म भूमिका उपहार भयो र यो सुन्दर ठाउँ अथवा सानो नेपाल बाट जन्मिनेहरुले पनि भलै आफ्नु ठाउँ लाई गरे नगरे पनि सिङगो देश लाई गरेका कामहरुले यसको सुन्दरतामा अझ निखार आएको हामी महसुस गर्ने गरेका छौ । गुल्मी प्राकृतिक स्रोतहरू साथै पर्यटन अनुग्रह भनेर स्वाभाविक सुन्दर दृश्यहरुमा धनी छ ।

राजनीतिक होस या प्रसासनकी रुपमा होस् गुल्मीमा जन्मिएर बिभिन्न ठाउँ लाई कर्म भुमि बनाएता पनि स्थाई सरकार मानिने सरकारी कर्मचारीको नेतृत्व गर्ने मुख्य सचिब श्री लिलामणि पौड्याल भनौ वा संयुत्त रास्ट्र संघको भुपु उपमहासचिव श्री कुलचन्द्र गौतम भनौ अथवा बिभिन्न प्रमुख राजनीतिक पार्टीका उच्च तहको नेत्रित्व नै किन नहोस अनि देशमा बितेका बिभिन्न राजनीतिक आन्दोलनमा स्थानीय जनसहभागितामात्रै होइन बलिदानीको श्रृंङखला पनि २०३६ सालमा हालको मु.न.पा.५, आपचौर, इन्द्रेगौडाका स्वर्गीय श्री मित्र बन्धु केसीबाट सुरु भएको सिलसिला पछिल्लो समय माओवादीको जनयुद्ध सम्म आउदा स्वर्गीय श्री बिष्णु खरेल (क) विशाल लगायत धेरै सपुत हरुले जन्म लिएको जन्मभुमि गुल्मि को प्राकृतिक सुन्दरता तथा कृषीको उबर्भर भुमि गुल्मी नेपालमा पहिलो पटक कफि खेतिको शुरुवात गर्ने गौरवमय इतिहास बोकेको गुल्मी जिल्ला विदेशमा सबैभन्दा बढी अर्गानिक कफि निर्यात गर्ने जिल्ला हो भन्ने कुरामा स्वर्गीय राजा श्री ५ बिरेन्द्रले गरेको विभिन्न समयको भ्रमण बाटै पुस्टयाउछ्र अतः संसारको जुनसुकै ठाउमा जे जसरी जे जस्तो आबस्था मा भएपनि गुल्मीको बिकासको लागि तन मन धनले सहयोग गर्दै एउटा पूर्ण गुल्मी बनाउन भाबी दिनमा पनि लागि रहनु पर्ने हुन्छ र बिषेश भुमिका खेलेको सबै को महसुस पनि हो र गुल्मेली हुँ भनेर सधै गर्वका साथ भन्न पाउ, यहि मेरो शुभ कामना !

सम्बन्धित् समाचार  ‘हैन, यो भाँडो कस्तो हो’?

“जननी जन्म भुमिस्च स्वर्गदपि गरियसी”

राधा खरेल
हाल बेलायत

 

कमेन्ट गर्नुहोस्