नयाँ शक्तिका दुई दर्जन केन्द्रिय नेतासहित वामगठबन्धनमा प्रवेश, लोकतान्त्रिक गठबन्धनमा ठूलो झड्का

भक्तपुर, कार्तिक २८ । नयाँशक्ति रसुवाका इञ्चार्ज तेम्ब्रेल तामाङ वामगठबन्धनमा प्रवेश गरेका छन् । नयाँशक्ति पार्टीका केन्द्रिय कार्यकारी सदस्य समेत् रहेका तामाङ समानुपातिक उम्मेद्वार पनि हुन् । निर्वाचनको मुखैमा नेता पार्टी प्रबेशले नयाँ शक्ति मात्र नभई लोकतान्त्रिक गठबन्धनमा समेत धक्का लागेको छ ।

भक्तपुरमा आज भएको कार्यक्रममा नयाँशक्ति पार्टीको अस्तित्व नरहेको भन्दै तामाङसहित २ दर्जन वामगठबन्धनमा प्रवेश भएका हुन् । उनीहरूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत र पार्टी प्रवेश गराएका हुन् ।

नयाँशक्ति पार्टीको टिकट नेपाली काङ्ग्रेसलाई बिक्री गरेको आरोप लगाउँदै विभिन्न तह र तप्काका नेता कार्यकर्ता वामगठबन्धनमा प्रवेश गर्ने लहर बढिरहेको छ ।

आज प्रवेश गर्नेहरूमा नयाँशक्ति रसुवाका जिल्ला पार्टी तथा महिला केन्द्रिय सचिवालय सदस्य एवम् उत्तरगया गाउँपालिकाबाट गत स्थानीय निर्वाचनमा उपाध्यक्ष पदका उम्मेद्वार चमेली बिक .(शीला), शिक्षक समाज नेपालका केन्द्रिय परिषद् सदस्य शिशिर न्यौपाने, सम्पर्क संयन्त्र कार्यवाहक अध्यक्ष उदय घिमिरे, जिल्ला कार्यकारिणी सदस्य भीमबहादुर तामाङ, युवा नेता किपदोर्जे तामाङ, काठमाण्डौं सम्पर्क संयन्त्र चेनचेन तामाङ, सकृय सदस्य कामीबहादुर तामाङ, प्रदेश नं २ सदस्य धनबहादुर तामाङ, लाक्पा तामाङ, सेल्कर तामाङ, गोम्बो तामाङ, गोम्बोछिरिङ तामाङ, दावा तामाङ, छिरिङ तामाङ, दिलबहादुर ग्याम्दान, पासाङ लामा लगायत रहेका छन् ।

पार्टी प्रवेश गर्दै तामाङले नयाँशक्ति पार्टी छोड्नुको कारणसहित अपिल निकालेका छन् । उनको प्रवेशले वामगठन्धनको जितलाई अझै सुनिश्चित गरेको बताइएको छ ।

स्थानीय तहको निर्वाचनमा यीनै तामाङले देशभरबाट नयाँशक्तिको साख जोगाएका थिए । उनी रहेको गाउँपालिका पार्वतीकुण्डको प्रमुखमा नयाँशक्तिले जितेको थियो । तामाङको वाम प्रवेशसँगै नयाँशक्ति पार्टी रसुवा बिघटनको संघारमा पुगेको छ ।

स्थानीय निर्वाचनमा नयाँ शक्तिले देशभरबाट चुनाव जितेको २ तह मध्यको एक पार्वतीकुण्ड गाउँपालिकाका स्थानीय बासिन्दासमेत रहेका तामाङ नै वाम गठबन्धनमा प्रवेश गरेपछि अब रसुवा जिल्लाको नयाँ शक्ति लगभग विघटनको संघारमा पुगेको छ । यसले रसुवा जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभामा वाम गठबन्धनको जितलाई थप सुनिश्चित बनाएको माओवादी केन्द्र रसुवाका बरिष्ठ उपाध्यक्ष माधव लामिछाने समिरले बताए ।

सोहि कार्यक्रममा नयाँ शक्तिका केन्द्रिय कार्यकारिणी सदस्य भीमबहादुर कडायत नेतृत्वको केन्द्रिय वाम ध्रुवीकरण सम्योजन समिति र नेकपा एमालेबीच पार्टी एकता भएको छ ।

कमेन्ट गर्नुहोस्