खकुरी प्रहारबाट तीनजनाको हत्या

67 पटक पढिएको

हेटाैडा, कार्तिक २८ । आज साँझ यहाँ खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालकाअनुसार मनहरि–७ का सुमन बराइलीले अन्धाधुन्द खुकरी प्रहार गर्दा सोही ठाउँका ५२ वर्षीय सीताराम धिताल, उहाँका १६ वर्षीय छोरा सुमन र छिमेकी ६५ वर्षीय जीतबहादुर ब्लोनको ज्यान गएको हो ।

प्रहरीले बराइलीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । बराइलीको मानसिक सन्तुलन ठिक नभएको र उनले आवेगमा आएर हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  डा. केसी अनशनमै, विधेयक पास नभएपछि रणनीति तय गर्दै