डाेटी पुगेर मन्त्री बलायरले मतदातालार्इ धम्क्याए ‘म वीरबहादुरबाट ‘वीरे’ बन्न नपरोस्’

125 पटक पढिएको
काठमाडौं, कात्तिक २९ । डोटीबाट प्रतिनिधिसभाका लागि कांग्रेस उम्मेदवार भौतिक निर्माण तथा यातायातमन्त्री वीरबहादुर बलायरले अाफू वीरबहादुरबाट ‘वीरे’ बन्न नपरोस्’  भन्दै विपक्षी उम्मेदवारलार्इ धम्क्याएका छन् ।

चुनावी अभियानका क्रममा डोटीको सायल गाउँपालिका पुगेका बलायर आक्रमक रुपमा प्रस्तुत भएका हुन् । ‘किन डराउँदैछन् वीरेसँग, साँच्चिकै बुझ्ने हो भने, म वीरबहादुरबाट वीरे बन्नुपर्यो भने ठाउँ रहने छैन, जनतालाई दिएको अनुदानमा कमिसन खानेलाई छोड्ने छैन, घाँटी च्याप्छु ।’

जनताको नाममा आएको एक रुपैँया पनि खाएको प्रमाणित भएको दिनमा सार्वजनिक रुपमा आत्माहत्या गर्ने बलायरले बताए ।

बलायरले भने ‘म व्यक्तिगत स्वार्थका लागि एक रुपैयाँ पनि खाएको प्रमाणित भएमा पिपलको रुखमा झुण्डिएर मर्न तयार छु, हामीले त्यसै दुःख गरेका हाेइनाैँ । म किसानको छोरा हुँ मलाई कुनै फरक पर्दैन ।’ काँग्रेस उम्मेदवार बलायरसँग वाम गठबन्धनका उम्मेदवार प्रेमबहादुर आलेमगर प्रतिस्पर्धी छन् । नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  के के भयो मन्त्रीपरिषद्को निर्णय?