प्रचण्ड आफ्नैे गाउँको चिया पसलमा गफिदाँ………

134 पटक पढिएको

चितवन, कात्तिक २९ । चितवनमा वामगठबन्धनको घरदैलो अभियान जारी रहेको छ । विशेष हेवीभेटका रुपमा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवार फरक फरक तरिकाबाट घरदैलोमा निस्कीन थालेको छन् ।

सोही अभियान अन्र्तगत आज एक विहान शिवनगरको चिया पसलमा चिया खादै स्थानियसगँ विभिन्न छलफल र गुनासाहरु सुनेका छन् ।

आफ्नै गाउँको शिवनगरको एक चिया पसलमा उनले स्थानियहरुसगँ टेलिफोन वार्ता समेत गरेका छन् ।सुरक्षा घेरा भन्दा पनि आफ्नै गाउँमा गाउले शैलीमा रमाउन पाउदाँ निकै उत्साहित देखिएका थिए, प्रचण्ड ।

सो अवसरमा बोल्दै उनले विभिन्न जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माणका ३० बर्ष बढी विताएको भन्दै अबको १० बर्ष आफ्नै गाउँमा उठेर विकासको सुरुवता चितवनबाट गर्ने बताए ।

प्रचण्ड यसरी आफनै गाउँमा गाउलेपारलेसगैँ रमाउदाँ आफुहरु उत्साहित समेत बनेको स्थायिनहरुले बताए । सोही क्रममा उनले समसामयिक राजनीतिका बारेमा विभिन्न नेताहरुसगँ टेलिफोन वार्ता समेत गराएका थिए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  पार्टी प्रवेशमा कार्यक्रममा प्रचण्डकाे भाषण (भिडियाे)