राजनेता प्रचण्डको चितवने छनक

बन्दुक र वार्ता, आवेग र चेतना, चुनौती र सम्भावनाका सम्बन्ध केलाउँदै
198 पटक पढिएको

विनोदखण्ड तिमिल्सेना/

शिक्षक, कर्मचारी, मजदुर, जागिरे चाहिएको विज्ञापन यथेष्ट देख्न पाईन्छ । अघिपछि मात्र हैन चुनावको समयमा समेत राजनितीक कार्यकर्ता चाहिएको, नेता चाहिएको र राजनेता चाहियो भनेर विज्ञापन भएको देखिएको छैन । यो विज्ञापन गर्ने विषय पनि हैन ।

अपबाद र विकृतिलाई बडार्ने हो भने राजनितीक कार्य स्वयंसेवाको काम हो र यो पेशा, ब्यवसाय वा उद्योग पनि हैन र हुनु हुँदैन । यसैले नेता चाहिएको विज्ञापन हुँदैन । राजनितीक कार्यकर्तानै नेता हुने हुन् र स्वयं सेवाको माध्यमबाट समाज अगाडि बढाउने सामाजिक कार्यकर्ता हुन । हुनुपर्छ । कुन पार्टीको कुन कार्यकर्ताले वास्तवमानै समाजसेवा गरेको छ छुट्याउने काम आम जनसमुहको हो ।

र, जनताले निर्वाचनमा आफ्नो जनमत मार्फत असल समाजसेविको चयन गर्छन । यि कार्यकर्तानै कालान्तरमा राजनीतिक नेतामा विकसित हुन्छन । जनमत प्राप्त पार्टी प्रतिनिधी नै जनप्रतिनिधी, मन्त्रि, प्रधानमन्त्रि, उपराष्ट्रपति, राष्ट्रपति समेत हुन्छन ।

राज्य संचालनको वागडोर सम्हाल्छन । देश गभर्न गर्छन । तर समग्रतामानै राज्यको अविभावकत्व ग्रहण गर्न सक्ने, पार्टी भन्दा माथी उठेको,  नेताहरुको पनि नेता/अविभावक बन्न सक्ने वृहद/दिर्घकालिन सोच भएको अनि विचार, दृष्टिकोण, उद्येश्य, योजना र कार्यक्रम -Thouhts, Vission, Mission, Objective, Plan & Program_सहित देशलाई एकताबद्ध बनाई हाक्न सक्ने राजनेताको आवश्यकता अहिले खड्किएको सर्वत्र चर्चा छ । नेपाल लिडरहरुको भिडमा लिडरसिप क्राइसिसमा छ भन्नेहरुको पनि कमि छैन । के नेपालमा राजनेताको खडेरी परेकै हो त ?

उनको विगत हेर्दा उनी संघर्षशिल–बस्तुपरक, आवेग पुर्ण–विबेकसहितको, योद्धा–वार्ता सहितको, वार्ताकार–विकल्प सहितको क्षमता प्रदर्शन गरि एकता–संघर्ष–रुपान्तरणको मान्यतालाई ब्यवाहरतः प्रयोग गरी छलाङ्गमय बिकासमा प्रतिवद्ध रहेका नेताहुन भन्ने पुष्टि हुन्छ ।

राजनेतामा के कस्तो दर्शन, विचार, सोंच, दृष्टिकोण, योजना, प्रतिभा र व्यवाहारिकता हुनु पर्छ भन्नेवारेमा जनमत पनि पृथक रहेको छ । सामान्यतया राजनिती बर्गिय हुन्छ ।

श्रमजीवि जनताको दृष्टिमा हेर्ने हो भने श्रमप्रति सम्मान भएको, ब्यक्तिगत लाभ हानी लाई होईन सामाजको÷राष्ट्रको हितलाई सर्वोपरि ठान्ने, राष्ट्र राष्ट्रियता प्रति प्रतिवद्ध, जन्मभुमि को रक्षामा क्रियाशिल, प्रगतिशिल सोंच, बैज्ञानिक वस्तुवादी चिन्तन, भयमुक्त, पारदर्शि, सदाचारी र न्यायपुर्ण समाज निर्माणसहित समाजबादी ब्यवस्थाको आधार तयारीमा प्रतिबद्ध नेता नै राजनेता हो भन्न सकिन्छ । राष्ट्रको नेता हुनु पनि राजनेता हुनुका लागि चाहिने पुर्वाधार हो । यस पृष्ठभुमिमा नेपालमा राजनेताको आवश्यकता साँच्चिकै खड्किएको छ । विगतमा वि.पि. कोईराला, पुष्पलाल श्रेष्ठ, मदन भण्डारीहरुले राजनेता उन्मुख राष्ट्रनेताको परिचय बनाएका थिए ।

वर्तमानमा पनि राजनेता उन्मुख राष्ट्रनेताको परिचय बनाउन पुष्पकमल दाहाल प्रचण्ड सफल भएका छन । द्धन्तोत्तर नेपालको दिशालाई रुपान्तर गरि शान्तिपुर्ण संक्रमणका माध्यमबाट समाजको रुपान्तरण गरि जनमत मार्फत परिवर्तन संस्थागत गर्न अग्रसर वर्तमान परिवेशको सर्जकको हकदारहरु मध्य प्रचण्डको नाम अग्रपङितमा आउँछ ।

सम्बन्धित् समाचार  माओवादी आन्दोलनलाई कसरी पूर्नगठन गर्ने ?

नेपालमा नोवेल शान्ति पुरस्कारको हकदारका रुपमा चर्चामा रहेका प्रचण्डलाई दक्षिण अफ्रिकाका नेल्सन मण्डेला, भारतका गान्धि, चिनका माआत्सेतुङ्ग, रुसका लेनिनको हैसियतको राजनेताको दर्जा दिनु अतिसयोक्ति हुने भएपनि समकालिन नेपालको राजनितीज्ञहरुमा प्रचण्डनै सबैभन्दा ओझिला राष्ट्रनेता हुन । शान्ति सम्झौताको एक हस्ताक्षर कर्ताको हैसियतले पनि उनले शान्ति पुरस्कार पाउनु जायज र न्यायोचित हुन्छ । त्यतिमात्रै हैन नेपालको शान्ति वार्ता र शान्ति प्रकृयाले विश्व समुदायलाई दक्षिण अफ्रिकाको राजनितीक परिवर्तनकै हाराहारीमा रहेर शिक्षा दिएको छ ।

शान्ति प्रकृयामा उनले देखाएको परिपक्वता र खासगरि गिरिजा प्रसाद कोईरालाको मृत्यु पछिको लिडरसिप क्राइसिसमा उनले नै अन्तराष्ट्रिय समुदायसँग डिल गरिरहेका छन ।

राजतन्त्रको अन्तगरि संविधानसभा मार्फत जनमतको बलमा राजनीतिक परिवर्तन गर्न सकिन्छ भन्ने तथ्य संसारले मोडलका रुपमा ग्रहण गर्ने अवसर प्राप्त भएको छ । यसको श्रेय प्रचण्डलाई जान्छ नै । यसरी विश्वको राजनीतिक परिघटनाका आँखाले हेर्दा नेपालको परिवर्तन चानचुने हैन । हो राजनीतिक परिवर्तन मात्र भएको छ र आर्थिक परिवर्तन र जनजीवनमा अनुभुति हुनेगरि परिवर्तनको स्वाद जनजनमा पुग्न सकेको छैन । यो अर्कैै छलफलको पाटो हो । जे सुकै भएपनि नेपालको शान्ति प्रकृयाको सफलता संसारकै राजनीतिक परिवर्तनको अनुकरणिय नेपाली मोडल हो भन्नेमा आम मानिसहरु सहमत छन ।

बरु नेपालमा नै यो तथ्यलाई आमरुपमा स्विकार्न आनाकानी होला तर विश्वसमुदायले यसको खुलेरै प्रशंसा गरेको छ । यस पृष्ठभुमिमा प्रचण्ड नेपालको राजनेतामा रुपान्तरित हुँदै गरेका राष्ट्र नेता हुन । उनिमा राजनेतामा हुनुपर्ने गुणहरुको प्रशस्त छनकहरु पाउन सकिन्छ । यस लाई यि केहि तथ्यहरुका आधारमा हेर्नु पर्छ ।
राजनितीक परिवर्तनको जग :  नेपालमा २०६२/०६३ मा राजनीतिक परिवर्तन भएर राजतन्त्रको अन्त भयो । स्विकार गरेपनि नगरेपनि संघिय गणतन्त्रको प्राप्तिको यात्राको जग जनयुद्धनै हो । जनयुद्धको नेतृत्व गरि नेपालमा जनगणतन्त्र निर्माण प्रकृयाको नेतृत्व गरेकाले प्रचण्डलाई गणतन्त्र नेपालको निर्माणकर्ताहरु मध्य प्रमुख मानिन्छ ।

 शान्ति सम्झौता : प्रचण्ड शान्ति सम्झौताको हस्ताक्षरकर्ता भै शान्ति प्रकृयाको नेतृत्व गरेका नेता हुन । शान्ति प्रकृयालाई सार्थक निष्कर्षमा पुराउन उनले ठुलो योगदान गरे ।

जनयुद्धकालका मुख्य साथीहरु मोहन बैद्य किरण, राम बहादुर थापा बादल, पम्फा भुषाल, देव गुरुङ्ग, मात्रृका यादव, नेत्र बिक्रम चन्द जस्ता हस्तिहरुको बिरोधका बाबजुद उनले शान्ति प्रकृयाको मुख्य भाग सेना समायोजन र हतियार ब्यवस्थापनमा उच्च मनोवलसाथ आफ्नो प्रतिबद्धताको कार्यान्वयन गरे ।

पार्टी फुटको स्पष्ट चित्र देख्दा देख्दै पनि शान्ति प्रकृया निष्कर्षमा पुग्छ भने बरु पार्टी फुटलाई पनि सहन गर्ने साहस स्विकार गरे । वास्तवमा प्रचण्ड शान्ति प्रकृयाको तार्किक निष्कर्षमा पुर्याउन योगदान दिएका मुख्य नेता हुन ।

सम्बन्धित् समाचार  स्थानीय निकायको चुनावमा कसलाई भोट दिने ?

उनले राजनितीक परिपक्वताको परिचय बनाएका छन । जनयुद्धको समयमा त्याग र बलिदानको किर्तिमान बनाएका जनसेनाहरुलाई अपमान सहेरै भएपनि शान्ति प्रकृयामा सहयोग गर्न मनाए ।

 पुर्वाग्रह मुक्त  : पुर्वाग्रह मुक्तभै सबै राजनीतिक पार्टीहरु र शक्तिहरुसँग सहकार्य गर्न सक्ने गतिशील नेतृत्वदायी क्षमता प्रचण्डले प्रशस्तै देखाएका छन । लक्ष्य प्राप्तिका लागि जो सँग पनि सहकार्य गर्न सक्ने क्षमता उनिसँग छ ।

अकल्पनिय निर्णय क्षमता उनि राख्दछन । जनयुद्धको पहलकदमी पुर्व कम्युनिष्ट घटकहरुसँगको एकता, राजालाई स्वतः राजगद्धी छोडन लगाउन सकिन्छ कि भनि कम्वोडियाको राजा नरोद्धम सिंहानुक को मोडालिटिका लागि जनयुद्धको समयमानै राजासँग वार्ताको प्रयत्न, दिल्लीमा १२ बुँदे समझदारीमा ७ राजनितीक पार्टीहरुसँगको हस्ताक्षर, संविधानसभाको म्याण्डेटलाई पुर्ण पालना गर्ने गरि जनमतलाई स्विकार गर्ने प्रतिवद्धता, पहिलो संविधान सभाको विघटन पछि दोश्रो संविधानसभाको निर्माणका लागि प्रधानन्यायाधिशलाई समेत स्विकार गर्नु, प्रतिपक्षमा रहेको अवस्थामा पनि दोश्रो संविधानसभाबाट संविधान जारी गर्न पहल लिनु आदि उनका पुर्वाग्रहमुक्त ब्यवाहारिक क्षमताका चिन्ह्हरु ह्ुन ।

कतिपय सवालमा गल्ति पनि भएको देखिएको छ यद्धपि उनिमा पुर्वाग्रही सोंचको न्युनताको पुष्टि चाहीँ प्रशस्त गर्न सकिन्छ ।

 बन्दुक र वार्ता, आवेग र चेतना, चुनौती र सम्भावना विचका अन्तर सम्बन्धहरु राम्रोसँग केलाएर कदम चाल्ने नेताको परिचय बनाएका छन प्रचण्डले ।

कम्युनिष्ट केन्द्र : नेपालमा कम्युनिष्ट पार्टी गठन भएको ६८ बर्ष भैसकेको छ । लक्ष्य एउटै भएपनि स्वार्थ, आपसी ईगो, बैमनस्यता र घुसपैठ लगायतका कारणले दशौं कम्युनिष्ट नामका पार्टीहरु छन ।

सानो देश धेरै पार्टी एकातिर त अर्को तिर १ सिट हुने पार्टीलाई पनि मन्त्रि बनाउनु पर्नेपरिस्थितिको अन्त गरि स्थिरता दिन आवश्यक छ । २००७ देखि अहिलेसम्म पनि एउटै सरकारले चारबर्ष पुरा समय पार गरेको छैन ।

चरम अस्थिरताको शिकार भएको छ देश । स्थिरता, दिगो बिकास, समृद्धि र समाजबादी समाजको निर्माण आजको नेपालको जनअभिमत हो । समाजबादी अर्थब्यबस्थाको बिकास गर्न आवश्यक पर्ने समाजवादी क्रान्तिको लक्ष्य, योजना पुरा गर्न बामगठबन्धन निर्माण र कम्युनिष्ट केन्द्र बनाउने पहलकर्ता पनि भएकाले प्रचण्ड समकालिन राजनीतिमा स्थिरता ल्याउन सक्ने ताकत राख्दछन ।

स्थिर सरकारका लागि उनलाई हौसला प्रदान गर्नु समाजको पनि दायित्व हो ।

अन्तराष्ट्रिय छवि : शान्ति प्रकृयामा उनले देखाएको परिपक्वता र खासगरि गिरिजा प्रसाद कोईरालाको मृत्यु पछिको लिडरसिप क्राइसिसमा उनले नै अन्तराष्ट्रिय समुदायसँग डिल गरिरहेका छन ।

अनमिन, युएन, यियु, चिन, भारत जस्ता नेपालमा कुटनीतिक महत्वका अन्तराष्ट्रिय समुदायमा प्रचण्डले नेपाली राष्ट्रनेताको पहिचान बनाइसकेका छन ।

हरेक जसो राष्ट्रिय तथा अन्तराष्ट्रिय मिसन र मञ्चहरुमा उनको उपस्थिती अपेक्षित हुने गरेको छ । यस खालको सर्बस्विकार्य नेपाली नेताको पहिचान बनाईसक्न नेपालले पनि ठुलो लगानी गरेको छ ।

सम्बन्धित् समाचार  मेची महाकाली अभियान र एमालेको असलियत

हजारौं शहीदहरुको रगत र बलिदान, वेपत्ता योद्धाहरुको त्याग, लाखौंको जेलनेल, अरबौंको भौतिक क्षतिको सामना गरेर मात्र प्रचण्डमा अनुभवि लिडरसिपको विकास र छवि बनेको हो ।

लोकतान्त्रिक समावेशिता : प्रचण्डले “हिमाल पहाड तराई कोहि छैनन पराई” भन्ने मान्यता स्थापित गर्दै लोकतान्त्रिक समावेशिताको वकालत  गरेका छन । तराईका नेताहरुले उक्साहटमा नाकाबन्दि जस्तो जटिलता थोपर्ने कामलाई ओतप्रोत गर्दा पनि तराई प्रति पुर्वाग्रह राख्न नहुने भन्ने उनको मान्यता समावेशिताको द्योतक हो ।

उत्पिडित लिङ्ग, क्षेत्र, जाती, धर्म, भाषाको पक्षमा उभिएर उनले संविधानमा नै आरक्षणको ब्यवस्था र अनिवार्य समावेशिताको प्रवन्ध मिलाउन योगदान दिएका छन । पहल गरेका छन ।ड

संविधानको घोषणा : गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता सहितको लोकतन्त्र, मौलिक अधिकार सहित समाजबाद उन्मुख आधारको संविधान निर्माण भै नेपाल संघिय लोकतान्त्रिक गणतन्त्र भएको छ ।

संविधान घोषणाका क्रममा आन्तरिक तथा बाह्य दबाबहरुलाई लत्याउदै नेपालको सर्वोपरि हितमा आफुलाई उभ्याएका हुन । वास्तवमा अहिले नेपालको संबैधानिक ब्यवस्था प्रचण्डबाट प्रस्तावित एजेण्डाहरुबाट नै नीरुपण भएको छ । मुलुक अगाडि बढिरहेको छ ।

हजारौं शहीदहरुको रगत र बलिदान, वेपत्ता योद्धाहरुको त्याग, लाखौंको जेलनेल, अरबौंको भौतिक क्षतिको सामना गरेर मात्र प्रचण्डमा अनुभवि लिडरसिपको विकास र छवि बनेको हो ।

विचार र नेतृत्व : सोचाई एकको काम अर्केको भयो भने आशातित कार्यान्वयन संभव हुन्न । “जसको नीति उसको नेतृत्व” बनाउन सकेमा अहिले देशले बोकेका एजेण्डा कार्यान्वयनमा सहज हुने भएकाले पनि प्रचण्डको बिकास राष्ट्रनेताका रुपमा मात्र सिमित नभै राजनेताकै रुपमा हुन आवश्यक छ ।

आम नेपालीको कामना के हो भने उनी आफ्नो पार्टीको मात्र नभई समग्र पार्टीहरुको समेत नेतृत्व गर्न र राष्ट्रिय भावनात्मक एकता बनाउन सक्षम भएमात्र राजनेताको खडेरीलाई समाप्त गर्न सक्षम हुनेछन ।ड्

बहुआयामिक नेतृत्व : प्रचण्ड निरन्तरतामा निरन्तरित हुने खालका नेता होईनन भन्ने देखिन्छ । उनको विगत हेर्दा उनी संघर्षशिल–बस्तुपरक, आवेग पुर्ण–विबेकसहितको, योद्धा–वार्ता सहितको, वार्ताकार–विकल्प सहितको क्षमता प्रदर्शन गरि एकता–संघर्ष–रुपान्तरणको मान्यतालाई ब्यवाहरतः प्रयोग गरी छलाङ्गमय बिकासमा प्रतिवद्ध रहेका नेताहुन भन्ने पुष्टि हुन्छ ।

बन्दुक र वार्ता, आवेग र चेतना, चुनौती र सम्भावना विचका अन्तर सम्बन्धहरु राम्रोसँग केलाएर कदम चाल्ने नेताको परिचय बनाएका छन प्रचण्डले ।

उल्लेखित सकारात्मक क्षमता बोकेको र जनताको ठुलो लगानीमा स्थापीत र बिकसित प्रचण्ड साँच्चिकै राजनेता बन्न सकुन र देशमा रहेको राजनेताको आवश्यकताको परीपुरण गर्न सकुन हाम्रो कामना ।

तर यो अपेक्षा पुरा गर्न र उनि राजनेता बन्न कतिपयले प्रचण्ड “युज एण्ड थ्रो” मा माहिर छन भनि लगाउने गरेको आरोपलाई असत्य सावित गर्न उनि सफल हुनै पर्दछ । धन्यवाद ।

कमेन्ट गर्नुहोस्