वाम गठबन्धनकाे सयुक्त चुनावी सभा सुरु

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने
154 पटक पढिएको

देशका १४ वटा शहरहरुमा वाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई दुर्इ नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

दुवै नेताले अाजदेखि मंसिर ९ गतेसम्म विभिन्न १४ शहरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने छन् ।

नेताद्वयले गोरखा, बागलुङ, स्याङ्जा, दमक, काँकडभित्ता, विराटनगर, चितवन, बुटवल, दाङ, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर र पोखरामा संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रम अनुसार कात्तिक २९ गते गोर्खाबाट शुरु हुने संयुक्त सभा, ३० गते बाग्लुङ, मंसिर २ गते दमक, ३ गते काँकडभिटा र विराटनगर, ५ गते चितवन, ६ गते बुटवल र दाङ, ७ गते सुर्खेत र दैलेख, ८ गते कैलाली र कन्चनपुर र ९ गते पोखरामा सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

एमाले र माओवादीको पार्टी एकताको सन्देश दिन र आगामी चुनावमा वाम गठवन्धनलाई जिताउन  अभियान शुरु गरिएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

अभियान अन्तर्गत बिभिन्न जिल्लाहरुमा हुने सभालाई एमाले र माओवादीका शीर्ष नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ ।

 

एमाले र माओवादीको पार्टी एकता संयोजन समितिले चुनाव प्रचार लगायतका कार्यक्रम संयुक्तरुपमा गर्न पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ ।

सोही निर्देशनअनुसार सबै जिल्ला र क्षेत्रहरुमा एमाले र माओवादीले संयुक्त प्रचार समिति गठन गरेका छन् । जनवर्गीय संगठनहरुले पनि संयुक्त भेला, प्रशिक्षण र प्रचार प्रसारका गतिविधि जारी राखेका छन् ।

जनवर्गीय संगठनका अध्यक्षहरु पनि एकअर्का पार्टीका उम्मेदवारलाई जिताउन खटिएका छन् ।

सम्बन्धित् समाचार  रुपन्देहीमा वामगठबन्धनबाट विश्वकर्मा, पौडेल, भुसाल, गुल्जारी र आचार्यको उम्मेदवारी दर्ता

यसैअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जिताउन माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ झापामा र माओवादी अध्यक्ष प्रचण्डलाई जिताउन अनेरास्ववियु अध्यक्ष नविना लामा चितवनमा क्रियाशील छन् ।

कमेन्ट गर्नुहोस्