सुनको भाउ घट्यो

काठमाडौं, मंसिर ६ । बुधबार सुनको भाउ तोलामा दुई सय रुपैयाँ घटेको छ । सुनको मूल्य तोलाको ५५ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलामा ४ सय रुपैयाँ घटेर ५६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको हो । चाँदीको भाउ भने घटबढ भएको छैन ।

चाँदी बुधबार तोलाको ७ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

कमेन्ट गर्नुहोस्