आमाः प्रकाश अस्ताएको छैन

रमेश विश्वकर्मा

आमा
जुन दिन बाले
जिउनुको अर्थ खोजे यो माटोमा
सोही दिनदेखि
बद्लिएको हाम्रो कार्यक्षेत्र
बाले जे देखे उनको सपनामा
र जे बुझे उनको अन्तष्करणले
हामीले पनि त त्यहि बुझेको हाईन ?
हो,
बालाई मन परेन, मान्छे मान्छे बीचको फरक मूल्य
र त हामीलाई पनि त परेन
रातो झण्डा बोकेर लागेको मृत्युको लाममा
अझै विर्सिनु भयो र आमा,
कर्णालीका पहाडहरुमा मुत्तिका झण्डा बोक्नेहरु
सुदुर पुर्व अनि पश्चिमका पहाडहरुमा
मधेश खोज्नेका उडाईए प्राण पाखुरा
बाले उठाएको झण्डा झुक्न नदिने
ति महान् वीर योद्धाहरु
लाखौ अमर जिवनहरु प्रकाश होईन्न र ?
आमा
म सम्झाउन चाहन्न अब ति
पिडादायी दिनहरु
तपाईलाई पनि त थाहा छ,
नया युगको सपना देखेर
मृत्युमा जिवन देख्ने ती सुन्दर जिवनहरु
मृत्युको यात्रामा लामबद्ध भएका ति हजार यात्रीहरु
नया युगका आशामा बेरिएका लाखौ सपनाहरु
बा ले भाग्य कोर्न बाकी त्यो सवै पुस्ता
प्रकाश होईन्न र ?
आमा
मान्छे पिच्छे सपना पनि आफ्नै हुन्छन
तर हामी बा को सपनामा बाच्यौ
भाग्य कोर्न लामबद्ध ती सबै सहिदका सन्तान
मृत्युका ती दिन र जिउँदाका यी दिन
सवै बा को सपना अनि संघर्षमै विते
आज खुशी छन् बा
एक नयाँ युग जन्मिएको छ
बा को बुढो छाला अनि अनुहारमा नैराश्यता
आउदा सिंगो पुस्ता सुस्ताउने छ,
आमा
त्यो सिंगो पुस्ताको सपना
मरेर पनि बाच्ने ति शुन्दर जिवनको सपना
भित्र बाचेको छ आमा प्रकाश अस्ताएको छैन

कर्णालीका मुकुन कन्दराहरुमा
हजारौ सहिदका पुरिन लागेका युद्धका घाउ
पाती उम्रेका ति बन्कर अनि
फाटिन लागेका ति सहिदका सपना
सुम्सुम्याउनु छ फेरी एक चोटी
बालाई एक चोटी ढाढस चाहिएको छ,
समाजवादको महान अभियानमा
लखौ प्रकाश देख्नु हुनेछ आमा
प्रकाश अस्ताएको छैन ।

अछाम, हाल मुगु

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!