प्रकाशः एउटा यस्तो सम्झना

बबिता बस्नेत

आफ्नो बारे यति सकारात्मक प्रतिक्रिया जीवित हुँदै पाएका भए उनले जिन्दगी आफ्नो नामजस्तै उज्यालो भएको महसुस गर्ने थिए होलान् । बाँचिरहँदा सेतोलाई पनि कालो र मृत्युपछि कालोलाई पनि सेतो देख्ने हाम्रो प्रवृत्ति प्रकाशको सवालमा जीवन र मृत्यु दुवै अवस्थामा लागू भयो ।

मंसिर ७ । मानिसको जीवनमा धेरै कुरा जोडिएका हुन्छन् । दुःख, खुशी अनेक प्रकारका उतारचढावहरू । कहिलेकाहीँ जीवनमा कहिल्यै नहोस् भन्ने कुरा भइदिन्छ र भइदियोस् भनेर वर्षौँ प्रतीक्षा गरेको कुरा हुँदैन । यो हुने हो कि त्यो हुने हो, हुने हो कि नहुने हो को दोधारमै मानिसको जीवन बित्छ । कति मानिस आफूले सुरक्षित महसुस गर्नै नपाई यो संसारबाट टाढा भइदिन्छन्, त्यो असुरक्षा जीवन निर्वाह गर्ने आधारभूत कुरादेखि साना–ठूला व्यापार–व्यवसाय हुँदै व्यक्तिगत सम्बन्धसम्ममा लागू हुन्छ । बुढेसकालमा छोराछोरीले नहेर्लान् कि, प्रेमी–प्रेमिका या श्रीमान्–श्रीमतीले धोखा पो देलान् कि ? एक्लो पो भइने हो कि रु भनेर सोच्नेहरूमध्ये बुढेसकालवरिपरि पुग्नै नपाई आधा उमेरमै कतिले यो संसार छोडिसके । मानिसको जीवनमा कुनै कुरा निश्चित छ भने त्यो मृत्यु हो, मृत्युबाहेक अन्य धेरै कुरा अनिश्चित छन् ।

मैले ‘नेताको छोरो केटी लिएर हिँडेपछि समाचार आइहाल्छन् नि’ भनेँ । आफूलाई मान्छेले के भन्छन् रु उनका बारेमा के–कस्ता टिप्पणी गर्छन् भन्नेबारेमा उनको रुचि देखिन्थ्यो । उनले सुरुकै दिनमा आफू दिल्लीमा रहेको, तर अरूलाई थाहा दिन नचाहेको बताएका थिए ।

तर, जे कुरा सय प्रतिशत निश्चित छ त्यो विषयलाई हामी त्यति महत्व दिँदैनौँ, जुन कुरा अवश्यंभावी छ त्यसलाई वास्तै गर्दैनौँ । मृत्यु सधैँ हाम्रो वरिपरि छ, जसले उमेर, लिङ्ग, समुदाय केही भन्दैन । सास बाहिर निस्केपछि भित्र नपसुन्जेल हामीले जीवित भएको अनुभूति नगरेपनि हुन्छ । जीवन र मृत्युको दूरी यति नजिक छ कि बाहिर–भित्र गर्ने सास, बाहिर आएपछि भित्र गएन भने जीवन सकिन्छ । तर, जिन्दगीलाई यति सूक्ष्म रूपमा हेर्नका लागि हामीलाई न फुर्सद छ न त रुचि नै । कुनै पनि बेला म यो संसार छोडेर जान सक्छु भनेर बुझेको दिनदेखि मानिसले सकेसम्म अरूलाई नराम्रो असर पर्ने काम गर्दैन । आफ्नो कारणले अर्काको तनमनमा चोट पुग्ने र आँखामा आँसु आउने काम गर्दैन । तर, यो कुरालाई आत्मसात् गर्नका लागि मानिसले आफूभित्रको मान्छेलाई चिन्नुपर्ने हुन्छ । सचेत मानव भएर जन्मिनुको महत्वलाई बुझ्नुपर्ने हुन्छ । यत्तिकै यस्ता कुरालाई बुझ्न र बुझाउनै गाह्रो छ ।

मृत्यु अवश्यंभावी छ, यो नै मानिसको जीवनको एक मात्र अन्तिम सत्य हो भनेर बुझ्दाबुझ्दै पनि युवा उमेरमै भएको प्रकाश दाहालको मृत्युले धेरैलाई दुःखी बनायो । प्रत्येक दिनजस्तै यो मुलुकमा उनकै उमेरका धेरै युवाको मृत्यु भइरहेको हुन्छ । अन्य युवाभन्दा उनको मृत्यु मुलुकको प्रधानमन्त्रीसमेत भइसकेका नेता प्रचण्डका एक मात्र छोरा भएका कारणले चर्चामा आयो । छोराछोरी भएका पूर्वप्रधानमन्त्री त अरू पनि छन्, तर आममानिसले ती कस्ता छन् चिन्दैनन् । प्रचण्डका छोरा प्रकाशले बाबुलाई नजिकबाट सहयोग गर्ने क्रममा धेरैले देखेका, चिनेका कारणले पनि मानिसलाई आफ्नोनजिकको मान्छेको निधन भएझैँ लाग्यो ।

प्रजातन्त्र आएपछि प्रधानमन्त्री भएका नेताहरू माधव नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, बाबुराम भट्टराईलगायतका सन्तानको खासै चर्चा हँुदैन, किनभने उहाँहरूका सन्तान प्रकाशझैँ बाबुको हरेक कदममा छाया बनेर अघिपछि हिँड्दैनन् । अहिलेको बेलामा बाबुका लागि मरिहत्ते गरेर सबै प्रकारका बोझ थामिदिने सन्तान भेट्न गाह्रो छ ।

‘दिदी’ भनेर सम्बोधन गर्ने प्रकाशको मृत्युले नजिकको भाइ गुमाएको महसुस भएको छ । प्रकाशलाई मैले आफ्ना बाबुलाई अति आदर गर्ने छोराको रूपमै चिनेकी हुँ । प्रत्यक्ष रूपमा कमै भेट भए पनि टेलिफोन र फेसबुक च्याटमा कुराकानी भइरहन्थ्यो । फेसबुक इनबक्समा अत्यन्त कम कुराकानी गर्ने म प्रकाशसँग भने लामै कुराकानी गर्थेँ ।

विशेषगरी उनी नयाँदिल्लीमा बस्दा प्रत्येक दिनझैँ कुराकानी गरियो । यद्यपि बिहान उनले दिदी भनेको जवाफ म साँझ के छ भाइ, सन्चै छ नि भनेर दिन्थेँ । ०६९ सालमा पार्टीले कारबाही गरेपछि उनी बिदेसिए । कहाँ छन्, धेरैलाई थाहा थिएन । कसैले उनी युरोपमा भएको लेख्थे त कसैले दार्जिलिङतिर बिना मगरलाई लिएर घुम्दै गरेको विवरण दिन्थे । आफ्नाबारेमा अन्दाजका अनेक समाचार आइरहेका बेला उनले मलाई ‘दिदी, हेर्नु न मेरोबारेमा यस्ता समाचार आइरहेका रहेछन्’ भनेर लेखे ।

मैले ‘नेताको छोरो केटी लिएर हिँडेपछि समाचार आइहाल्छन् नि’ भनेँ । आफूलाई मान्छेले के भन्छन् ? उनका बारेमा के–कस्ता टिप्पणी गर्छन् भन्नेबारेमा उनको रुचि देखिन्थ्यो । उनले सुरुकै दिनमा आफू दिल्लीमा रहेको, तर अरूलाई थाहा दिन नचाहेको बताएका थिए ।

प्रजातन्त्र आएपछि प्रधानमन्त्री भएका नेताहरू माधव नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, बाबुराम भट्टराईलगायतका सन्तानको खासै चर्चा हँुदैन, किनभने उहाँहरूका सन्तान प्रकाशझैँ बाबुको हरेक कदममा छाया बनेर अघिपछि हिँड्दैनन् । अहिलेको बेलामा बाबुका लागि मरिहत्ते गरेर सबै प्रकारका बोझ थामिदिने सन्तान भेट्न गाह्रो छ ।

कुराकानीकै क्रममा एक दिन उनले ‘दिदी मलाई घर आउन मन छ, बुबालाई सम्झाउनका लागि कसैलाई भनिदिनुस् न’ भन्दा म छक्क परेँ । मैले भनेर हुन्छ र रु भन्दा वातावरण बनाउन पाए हुन्थ्यो, बुबा रिसाउनुभएको छ, तर बुबालाई मेरो खाँचो छ, सबै मैले गर्थेँ भने । कानुनी हैसियतमा रहेकी श्रीमती हुँदाहुँदै बिना मगरलाई विवाह गरेकोमा पार्टीले उनलाई कारबाही गरेको थियो । कारबाही फुकुवा नगरेसम्म आफूलाई मुलुक फर्कन गाह्रो भएको उनले बताए । ‘बुबासँग नजिक रहेका मानिसले मेरोबारेमा कुरा गरिदिनुपऱ्यो क्या दिदी’ भनेपछि मैले शक्ति बस्नेतसँग कुरा गरेँ । उनी नेता प्रचण्डसँग नजिक थिए । उनले ‘खै म भन्न त भनी रा’छु, सधैँ एउटै कुरा कसरी भन्नु’ भनेपछि ‘जे हुनु भइहाल्यो त्यो प्रकाशलाई बोलाउनुपऱ्यो भनेर नेताज्यूलाई भनिरहनुपऱ्यो ।

काममा अवरोध आउँदा प्रकाश भए अहिले गरिहाल्थ्यो भनेर उसको अभाव खट्किएको महसुस गराइदिनुपऱ्यो’ भनेर शक्ति बस्नेतलाई भनेको अहिलेजस्तो लाग्छ । उनले बाबु प्रचण्डलाई यसैगरी भने कि भनेनन् त्यो भने थाहा भएन । शक्तिकी पत्नी सत्या पहाडीसँग पनि आफ्नो कुराकानी भइरहेको त्यतिबेला प्रकाशले बताएका थिए ।

कुराकानीकै क्रममा एक दिन मैले भनेँ, ‘भाइ अब अन्तर्वार्ता दिनुपऱ्यो ।’ दिदी फेरि मान्छेले के–के भन्ने हुन् भने उनले । मैले म इमेलमा प्रश्न पठाउँछु, जवाफ लेखेर पठाउनु भनेपछि उनले हुन्छ भने । प्रश्न पठाएको चार दिनपछि उनको जवाफ आयो । जवाफ पाएपछि मैले केही प्रतिप्रश्न गरेँ । ०६९ साल मङ्सिर ६ गते घटना र विचार साप्ताहिकमा छापिएको उनको ‘अब यस्तो गल्ती कहिल्यै गर्दिनँ’ शीर्षकको अन्तर्वार्ताले निकै चर्चा पायो । अंग्रेजी साप्ताहिक नेपाली टाइम्सले सोही हप्ता ९नोभेम्बर २३, २०१२० ‘नेभर अगेन’ शीर्षक राखेर जस्ताको तस्तै अनुवाद छाप्यो ।

काठमाडौं आएपछि बेलाबेलामा फोन गरिरहन्थे । यही कात्तिक १ गते उपराष्ट्रपतिले आयोजना गर्नुभएको चियापान कार्यक्रममा बाबु प्रचण्डसँगै समारोहमा पुगेका प्रकाशसँग भेट हुनेबित्तिकै ‘दिदी कहिले भेट्ने रु’ भने । फोन गर्नु न भनेर छुट्टिएपछि उनीसँग कुरा हुनै नपाई एकैपल्ट मृत्युको खबर सुन्नुपऱ्यो । बाँच्दाखेरि आफूले जे गरे पनि नकारात्मक चर्चा पाउने प्रकाशले मरेपछि संसारका उत्कृष्ट युवाको मृत्युको रूपमा सकारात्मक चर्चा पाए ।

आफ्नो बारे यति सकारात्मक प्रतिक्रिया जीवित हुँदै पाएका भए उनले जिन्दगी आफ्नो नामजस्तै उज्यालो भएको महसुस गर्ने थिए होलान् । बाँचिरहँदा सेतोलाई पनि कालो र मृत्युपछि कालोलाई पनि सेतो देख्ने हाम्रो प्रवृत्ति प्रकाशको सवालमा जीवन र मृत्यु दुवै अवस्थामा लागू भयो ।

हार्दिक श्रद्धाञ्ली प्रकाश

घटना तथा विचारबाट साभार

 

कमेन्ट गर्नुहोस्