नालीमा डुबेर दुई बालबालिकाको मृत्यु

कैलाली, मंसिर ९ । धनगढी उपमहानगरपालिका—१३ कैलाली गाउँमा नालीमा डुबेर शनिबार दुई बालबालिकाको मृत्यु भएको छ ।

कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर थापा मगरले मृत्यु हुनेमा रामलक्ष्मण रानाका साढे दुई वर्षीय छोरा अमित र जोगराज रानाकी छोरी साढे दुई वर्षीया केशवी रहेको जानकारी दिए ।

दुवै बालबालिकाको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल ल्याइएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्