साहुको ऋणैले ….(भिडियो)

काठमाडौं, मंसिर १२ । परदेशी श्रीमान र श्रीमतीको कथा पिडामा आधारित गित सार्वजनिक भएको छ । परदेशमै रहेका सर्जक दिपक कंडेल को शब्द सृजनामा साहुको ऋणैले नाम गरेको मन छुने गित अगाडी सार्वजनिक भएको हो ।

दिपिका म्युजिक प्रा.लि को प्रस्तुती रहेको उक्त गितमा बहुचर्चित लोकप्रिय गायिका पूर्णकला बि.सी र नारायण गैरेको मिठो आवाजमा सजिएको छ भने कृष्ण आचार्यको संगीत रहेको छ । गितको भिडियो तर्फ प्रेम सापकोटा सोनुको निर्देशन रहेको छ भने इन्द्र भण्डारी प्रकाशले छायांकन गरेका हुन् ।

बिष्णु मणी निशानले सम्पादन गरेको भिडियोमा उनै सर्जक दिपक कंडेल र सोना के.सी ले श्रीमान श्रीमतीकै वियोगान्तमा अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्