लुम्बिनी र सूर्या लाइफबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं, मंसिर १२ ।  लुम्बिनी विकास बैंक र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकका इन्सुरेन्स सम्झौता भएको छ । निक्षेपकर्ता र कर्जाका ग्राहकलाई बैंकमार्फत जीवन बिमा सेवा उपलब्ध गराउन उक्त सम्झौता गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल र सूर्या लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि ग्राहकले बैंकका सबै शाखा कार्यालय मार्फत सूर्या लाइफको जीवन बिमा सेवा प्राप्त गर्न, बिमालेख लिन तथा बिमा दाबी भुक्तनी सहज रूपमा प्राप्त गर्न सकिने पनि सम्झौतामा उल्लेख छ।

कमेन्ट गर्नुहोस्