सानिमा इक्विटी फन्ड निष्कासन

काठमाडौं, मंसिर १२ । सानिमा बैंक कोष प्रवद्र्धक रहेको सानिमा क्यापिटलले १ अर्ब २० करोड रुपैयाँको इकाई निष्कासन गर्ने भएको छ । कम्पनीले १० रुपैयाँ दरका १२ करोड इकाई निष्कासन गर्न लागेको हो ।

सातवर्षे बन्दमुखी योजनामा कुल १५ प्रतिशत अर्थात् १ करोड ८० लाख रुपैयाँका इकाई सानिमा बैंकले र सानिमा क्यापिटलले किन्ने विज्ञप्तिमा उल्लेख छ । बाँकी १० करोड २० लाख इकाई १२ देखि १५ मंसिरसम्म सर्वसाधारणलाई बिक्री गरिने भएको छ ।

इकाई खरिद गर्न चाहनेले आस्बा सेवा दिने आÏनो खाता रहेको बैंकबाट आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम सय इकाई अर्थात् हजार रुपैयाँका लागि आवेदन दिनुपर्छ । बढीमा २ करोड ४० लाख रुपैयाँसम्मको आवेदन दिने सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले अधिक आवेदनमार्फत १ अर्ब ५० करोड रुपैयाँसम्मको इकाई बिक्री गर्न सक्ने पनि जनाएको छ।

 

कमेन्ट गर्नुहोस्