ऋषि थापा संगमले आफ्नो नयाँ गित सार्वजनिक

मंसिर १२ । युवा गायक ऋषि थापा संगमले आफ्नो नयाँ गित सार्वजनिक गरेका छन् ।

सम्झनामा आइ तिमी जान्छौ घरिघरि मलाई सताउँछौं । बोलको गीतमा ऋषि थापा संगमको सुमधुर स्वर तथा कमल खत्रीको संगीत निर्देशन रहेको छ ।

गीतमा करुणा श्रेष्ठ र निराजन प्रधानको अभिनय छ । युवराज पौडेलले क्यामेरा चलाउनुका साथै निर्देशन गरेका छन् । सुर्खेतमा जन्मिएका थापा हाल बाँकेको कोहलपुरमा अध्यापन पेशामा आबद्ध छन् । उनी दैनिक बिहान एक घण्टा रियाज गर्ने गर्छन । संगीतमा सानैदेखी आफ्नो झुकाव रहेको उनले बताए ।

नेपाली संगीतमा निरन्तर डटेर लागिरहने उनको अठोट छ । अध्ययापनको पेशा सँगसँगै गायन क्षेत्रमा पनि निरन्तरता दिने उनको सोच रहेको छ ।

हालै सार्वजनिक आफ्नो गीत सुनेर (हेरेर) दर्शक श्रोतालाई प्रतिक्रिया दिन पनि आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्