चितवनमा उठेका प्रश्न र प्रचण्डको जवाफ

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्षले चितवन क्षेत्र नं–३ बाट उम्मेद्वारी दिएयता चितवनको राजनीतिक गर्मीको ग्राफ घटेको छैन । मतदानको दिन नजिकिँदै जाँदा उम्मेद्वारहरुले आफ्नो पक्ष र प्रतिद्धन्दीको विपक्षमा अनेकौं तर्क गर्न थालेका छन् । प्रचण्डको चितवन आगमनले चितवनका बासिन्दामा निकै ठूलो कौतुहलता र आशाको किरण सम्प्रेषित भइरहेको छ ।

मनहरी तिमिल्सिना

प्रचण्डले यसपटक समृद्धिलाई मिसन बनाएर उम्मेद्वारी दिएका छन् । तर, विरोधी कित्ताबाट केही तर्क र बहस अघि सारिएका छन् । प्रचण्ड आफैले चितवनको विकास र समृद्धिका लागि ठोस मार्गचित्र प्रस्तुत गरेका छन् । मूख्यतः यो सानो टिप्पणीमा चितवनमा उठेका प्रश्न र त्यसमाथि प्रचण्डको दृष्टिकोणबारे संक्षिप्त विषय प्रस्तुत गर्न जरुरी ठान्दछु, जसले चितवन–१ का मतदातालाई जनप्रतिनिधि छान्न सहयोग मिलोस् ।

बिक्रम पाण्डेको विकासबारे बाम बुद्धिजीवी प्रेम रिमालले गज्जवको तर्क अघि सारेका छन् । रिमाल भन्छन्, “म मास्टर हुँ मैले पढाउँछु । बिक्रम पाण्डे ठेकेदार हो, उहाँको काम ठेक्कापट्टाको काम गर्नु हो, पुल–बाटो बनाउनु हो । चितवनमा बिक्रमले बजेट पार्दैनन् । तर, सबै ठेक्का आफ्नो नाममा पार्छन् । उनी देशको “क” ग्रेडका ठेकेदार हुन् । सरकारले बजेट पार्छ, बिक्रम पाण्डे टेण्डर हाल्छन्, उनलाई टेण्डर पर्छ र पुल बनाउँछन् । १० करोडको पुलमा ४ करोड नाफा निकाल्छन्, अनि आफ्नो डोजर देखाएर मैले विकास गरें भन्छन् ।” बिक्रम पाण्डेको विकास त्यसभन्दा फरक देखिँदैन ।

प्रचण्डको जित चाहनेहरुको तर्क छ, “प्रचण्ड २०६४ कै निर्वाचनमा चितवन नआएर गल्ती गरे । त्यतिबेलै आएको भए अहिले उनको पक्षमा जनसागर उर्लिन्थ्यो ।” उनीहरुको तर्कमा बलियो दम छ । तर, प्रचण्ड भन्छन्, “२०६४ को निर्वाचनमा माओवादी नेतृत्वसामू रोल्पा र काठमाडौंलाई जोड्ने जिम्मेवारी थियो । विद्रोहको राजधानी रोल्पा र देशको राजधानी काठमाडौंलाई जोडेर मात्र शान्तिको मनोविज्ञानलाई स्थापित गर्न सकिन्थ्यो, शान्ति प्रक्रियालाई पूर्णता दिन बल मिल्थ्यो । मेरो व्यक्तिगत चाहना चितवन आउने नै थियो । तर, देश र शान्ति प्रक्रियाको जिम्मेवारी नै मैले मूख्य ठानें । त्यसो नगरेको भए शान्ति प्रक्रिया दुर्घटनामा पर्न पनि सक्थ्यो ।” व्यक्तिगत हितभन्दा देशको बृहत्तर हितलाई केन्द्रमा राख्ने प्रचण्डको यो जवाफमाथि प्रतिप्रश्न गर्ने ठाउँ देखिँदैन ।

दोस्रोपटक मधेश र काठमाडौंलाई जोड्न सिरहाबाट चुनाव लडें र प्रधानमन्त्री पनि भएँ । मधेशमा एक खालको विद्रोह थियो । अलगाबवादले टाउको उठाउँदै थियो । देशको एकता नै संकटमा पर्ने त होइन ? भन्ने प्रश्न जन्मिएको थियो । युद्ध र शान्ति प्रक्रियाको नेतृत्वकर्ताका नाताले मैले हिमाल, पहाड र तराई–मधेशलाई जोड्ने जिम्मेवारी लिनुपथ्र्यो, त्यसैले म चितवन आउन सकिनँ” प्रचण्ड भन्छन्, “मैले त्यसो नगरेको भए राष्ट्रिय एकता नै अप्ठ्यारोमा पर्न सक्थ्यो ।”

“दोस्रोपटक मधेश र काठमाडौंलाई जोड्न सिरहाबाट चुनाव लडें र प्रधानमन्त्री पनि भएँ । मधेशमा एक खालको विद्रोह थियो । अलगाबवादले टाउको उठाउँदै थियो । देशको एकता नै संकटमा पर्ने त होइन ? भन्ने प्रश्न जन्मिएको थियो । युद्ध र शान्ति प्रक्रियाको नेतृत्वकर्ताका नाताले मैले हिमाल, पहाड र तराई–मधेशलाई जोड्ने जिम्मेवारी लिनुपथ्र्यो, त्यसैले म चितवन आउन सकिनँ” प्रचण्ड भन्छन्, “मैले त्यसो नगरेको भए राष्ट्रिय एकता नै अप्ठ्यारोमा पर्न सक्थ्यो ।”

प्रतिस्पर्धीहरुले पर्दापछाडि भन्दा रहेछन्, “प्रचण्ड टुरिष्ट उम्मेद्वार हुन् ।” विरोधी कुप्रचारबारे प्रचण्ड भन्छन्, “जो चितवनमा पढ्यो, चितवनमै बढ्यो, चितवनबाटै राजनीतिक यात्राको आरम्भ गर्यो, चितवनलाई नै राजनीति कर्मथलो बनायो । जो चितवनका समस्या र जनताको दुखमा सधैं साथमा छ, त्यो टुरिष्ट उम्मेद्वार ? यो विरोधीहरु तिल्मिलाएको प्रमाण हो, अब उनीहरुसँग प्रतिस्पर्धा गर्ने कुनै वैचारिक र राजनीतिक आधार रहेन । यस्ता कुतर्कले विरोधीहरु कति कमजोर छन् भन्ने देखाउँछ ।”

प्रचण्डलाई जिताउँदा चितवनको विकासमा कायापलट होला ? एकथरि मानिसहरु जिज्ञासु भावका साथ हेरिरहेको देखिन्छ । धेरैले भन्छन्, “कांग्रेस र राप्रपाले बिक्रम पाण्डेलाई विकासप्रेमी नेताको रुपमा चित्रण गरेका छन् । तर, पाण्डेले के विकास गरे ?” मानिसहरु चितवनका २ मन्त्रीको तुलना गर्न थालेका छन् । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आफ्नो क्षेत्रमा गरेको विकास र बिक्रम पाण्डेको विकास । सुरेन्द्र पाण्डेसामू बिक्रम निम्छरा देखिन्छन् । निर्माण व्यवसायी रहेका बिक्रम पाण्डे चितवनका ठूला ठेक्का आफै लिने गरेका छन्, अनि त्यसलाई नै आफ्नो विकासको प्रचार गर्दैछन् ।प्रचण्ड चितवन जिल्लाको स्थायी बासिन्दा । अहिले पनि उनको घर घडेरी, सम्पत्ति जे छ, त्यो चितवनमा नै छ । प्रत्येक निर्वाचनमा मतदानका लागि उनी चितवन नै जान्थे ।

शान्ति प्रक्रियापछि चितवनको पूर्वाधार विकासमा जुन गति आएको छ, त्यसमा मैले नै भूमिका खेलेको छु । शक्तिखोर औद्योगिक नगरीको निर्णय र निर्माणको प्रक्रिया मैले नै अघि सारें । भरतपुरमा बृहत औद्योगिक प्रदर्शनी केन्द्र र चित्रवनमा राष्ट्रिय रंगशाला मेरै पहलमा अघि बढेको छ ।

प्रचण्डले चितवनका लागि के गरे ? यो प्रश्नको प्रचण्ड जवाफ निकै तथ्यपूर्ण छ । प्रचण्ड भन्छन्, “अघिल्लो निर्वाचनमा म चितवन नआए पनि चितवनको विकासमा मैले केही योगदान गरेको छु । कृषि क्याम्पसलाई कृषि तथा बन विज्ञान विश्वविद्यालयको रुपमा विकसित गर्न मैले नै भूमिका खेलेको छु । शान्ति प्रक्रियापछि चितवनको पूर्वाधार विकासमा जुन गति आएको छ, त्यसमा मैले नै भूमिका खेलेको छु । शक्तिखोर औद्योगिक नगरीको निर्णय र निर्माणको प्रक्रिया मैले नै अघि सारें । भरतपुरमा बृहत औद्योगिक प्रदर्शनी केन्द्र र चित्रवनमा राष्ट्रिय रंगशाला मेरै पहलमा अघि बढेको छ । पश्चिम चितवनका सडक, खानेपानी, विद्यालय लगायतका पूर्वाधार विकासमा जति पहल भएको छ, त्यसमा मेरो भूमिका छ ।” हुन पनि हो, पछिल्लोपटक उनले चितवनको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

बिक्रम पाण्डेको विकासबारे बाम बुद्धिजीवी प्रेम रिमालले गज्जवको तर्क अघि सारेका छन् । रिमाल भन्छन्, “म मास्टर हुँ मैले पढाउँछु । बिक्रम पाण्डे ठेकेदार हो, उहाँको काम ठेक्कापट्टाको काम गर्नु हो, पुल–बाटो बनाउनु हो । चितवनमा बिक्रमले बजेट पार्दैनन् । तर, सबै ठेक्का आफ्नो नाममा पार्छन् । उनी देशको “क” ग्रेडका ठेकेदार हुन् । सरकारले बजेट पार्छ, बिक्रम पाण्डे टेण्डर हाल्छन्, उनलाई टेण्डर पर्छ र पुल बनाउँछन् । १० करोडको पुलमा ४ करोड नाफा निकाल्छन्, अनि आफ्नो डोजर देखाएर मैले विकास गरें भन्छन् ।” बिक्रम पाण्डेको विकास त्यसभन्दा फरक देखिँदैन ।

प्रचण्डले चितवन जिल्लालाई नै एसियाली मापदण्डको आधुनिक शहर बनाउने सपना देखेका छन् । नारायणीमा थप ३ पुल बिस्तार गरेर चितवन र नवलपुरलाई जोड्ने सपना देखेका छन्, केरुङ र ठोरी नाका जोड्ने सपना देखेका छन् । प्रचण्ड भन्छन्, “हामीकहाँ हुँदैन, सकिँदैन, के गर्ला र ? भन्ने मनोविज्ञानले घर गरेको छ । तर, बहुमतको सरकार बन्नेबित्तिकै देशको विकास तिब्रतामा जान्छ ।” १० महिने प्रधानमन्त्री कालको प्रचण्ड अनुभवले भन्छ, “राजनीतिक स्थिरता र ईच्छाशक्ति भयो भने केही वर्षमा देश नै बदल्ने सामथ्र्य र साधन स्रोत नेपालमा छ ।”

पाँच वर्षभित्र चितवनका सबै सडक कालोपत्रे गर्छु । शिक्षामा चितवनलाई अनुसन्धानको केन्द्र बनाउन सकिन्छ । कृषि तथा बन विज्ञान विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयका रुपमा स्थापित गर्छु, चितवनका सबै कलेज र सार्वजनिक विद्यालयको गुणस्तर अभिबृद्धि गरी शिक्षामा चितवनलाई अनुसन्धानको केन्द्र बनाउन सकिन्छ र बनाउनु पर्दछ ।

प्रचण्डले जिते के गर्छन् चितवनमा ? धेरैको प्रश्न छ । यता प्रचण्डको सपना पनि सामान्य छैन । प्रचण्ड भन्छन्, “पाँच वर्षभित्र चितवनका सबै सडक कालोपत्रे गर्छु । शिक्षामा चितवनलाई अनुसन्धानको केन्द्र बनाउन सकिन्छ । कृषि तथा बन विज्ञान विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयका रुपमा स्थापित गर्छु, चितवनका सबै कलेज र सार्वजनिक विद्यालयको गुणस्तर अभिबृद्धि गरी शिक्षामा चितवनलाई अनुसन्धानको केन्द्र बनाउन सकिन्छ र बनाउनु पर्दछ ।”

“हामीसँग चितवन मेडिकल कलेज छ, क्यान्सर अस्पताल छ, अरु थुप्रै स्वास्थ्य संस्थाहरु छन्, चितवन देशको केन्द्र पनि हो । मेडिकल शिक्षाका दृष्टिले चितवनलाई त्यसको “हब” बनाउन सकिन्छ । कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गरेर चितवनका किसानको जीवनमा कायापलट ल्याउन सकिन्छ र सक्नुपर्छ । पर्यटनका दृष्टिले चितवनमा अपार सम्भावना छ । धार्मिक पर्यटन र अन्य पर्यटनको विकासद्वारा चितवनमा लाखौंको संख्यामा रोजगारी सृष्टि गर्न सकिन्छ” प्रचण्ड भन्छन् ।

जंगली जनावरको आतंक, नदी कटान, राष्ट्रिय निकुञ्जका कारण निम्तिएको कठिनाई र सुकुम्बासी समस्यामा प्रचण्ड धेरै नै घोत्लिएका छन् । प्रचण्ड भन्छन्, “नारायणी र राप्ती नदीमा तटबन्ध गरेर चक्रपथ बनाउनुपर्दछ, रियुमा तटबन्ध गरी कृषि सडकलाई चक्रपथको रुपमा विकास गर्नुपर्दछ । जंगली जनावरको आतंकबाट जनतालाई जोगाउन फाउण्डेसन सहितको मेस जालीको व्यवस्था गर्नुपर्छ । राष्ट्रिय निकुञ्ज क्षेत्रमा आकाशे पुल, सुरुङ मार्ग वा बैकल्पिक मार्ग बनाएर जनताको आवातजावातको कठिनाई सम्बोधन गर्नुपर्दछ । सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि उनीहरुलाई रोजगारीको अवसर सिर्जना, आधुनिक तालिम र सुविधासम्पन्न सामूहिक आवास गृहको व्यवस्था गर्नुपर्दछ । यी सबै योजना मेरो कार्यसूचिमा छन् ।”

नारायणीमा थप ३ पुल बिस्तार गरेर चितवन र नवलपुरलाई जोड्ने सपना देखेका छन्, केरुङ र ठोरी नाका जोड्ने सपना देखेका छन् । प्रचण्ड भन्छन्, “हामीकहाँ हुँदैन, सकिँदैन, के गर्ला र ? भन्ने मनोविज्ञानले घर गरेको छ । तर, बहुमतको सरकार बन्नेबित्तिकै देशको विकास तिब्रतामा जान्छ ।” १० महिने प्रधानमन्त्री कालको प्रचण्ड अनुभवले भन्छ, “राजनीतिक स्थिरता र ईच्छाशक्ति भयो भने केही वर्षमा देश नै बदल्ने सामथ्र्य र साधन स्रोत नेपालमा छ ।”

प्रचण्डले चितवन जिल्लालाई नै एसियाली मापदण्डको आधुनिक शहर बनाउने सपना देखेका छन् । नारायणीमा थप ३ पुल बिस्तार गरेर चितवन र नवलपुरलाई जोड्ने सपना देखेका छन्, केरुङ र ठोरी नाका जोड्ने सपना देखेका छन् । प्रचण्ड भन्छन्, “हामीकहाँ हुँदैन, सकिँदैन, के गर्ला र ? भन्ने मनोविज्ञानले घर गरेको छ । तर, बहुमतको सरकार बन्नेबित्तिकै देशको विकास तिब्रतामा जान्छ ।” १० महिने प्रधानमन्त्री कालको प्रचण्ड अनुभवले भन्छ, “राजनीतिक स्थिरता र ईच्छाशक्ति भयो भने केही वर्षमा देश नै बदल्ने सामथ्र्य र साधन स्रोत नेपालमा छ ।”

चितवन–३ मा कांग्रेसको आफ्नै उम्मेदवार छैन । कांग्रेसले राजावादी राप्रपालाई समर्थन गरेको छ । प्रचण्ड भन्छन्, “कांग्रेसले आफ्नै नेताहरुको अपमान गर्यो । गीरिजाको गणतन्त्र र बिपीको समाजवादमाथि प्रहार गर्यो । फुटेका कांग्रेसहरु मिलाएर अघि बढेको भए म खुसी नै हुन्थे । तर, कांग्रेस हिजोकै लोकतन्त्र विरोधीलाई बोकेर हिडेको छ । राजतन्त्रका हिमायतीको पक्षमा उभिएको छ । बिपी र गीरिजालाई सम्मान गर्ने कांग्रेसले हलोमा भोट हाल्ने कल्पना पनि गर्न सकिँदैन ।” हुन पनि त्यस्तै देखिन्छ । कांग्रेसका बुद्धिजीवीहरु भन्छन्, “प्रदेशमा कांग्रेसको आफ्नै उम्मेद्वार छ । तर, प्रतिनिधि सभामा हलोमा भोट हाल्न सकिँदैन ।”

कमेन्ट गर्नुहोस्