गोमेजको ह्याट्रिक, रेलिगेसनको अलाभेसको तेस्रो जित

काठमाडौं, मंसिर १९ ।  स्पेनिस ला लिगा फुटबलमा रेलिगेसन जोनमा रहेको अलाभेसले जित निकालेको छ । सोमबार राति भएको खेलमा अलाभेसले जिरुनालाई ३ – २ ले पराजित गरेको हो ।

जिरुनाको घरेलु मैदानमा भएको खेलमा अलाभेसलाई जित दिलाउन इबाई गोमेजले ह्याट्रिक गरे । उनले दोस्रो हाफको ७१,८७ र ९० औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए । जिरुनाको क्रिस्तियन स्टुवानी र जौनापेले समान एक एक गोल फर्काएका थिए ।

जिरुनामाथिको जितसँगै अलाभेसले सिजनको तेस्रो जित निकाल्यो । यो जितपछि पनि अलाभेस रेलोगेसन जोनमै रहेको छ । अलाभेसले १९ खेलबाट ९ अंक जोडेको छ र लिगको पुछारबाट दोस्रो स्थानमा छ । पराजित जिरुना १७ अंक जोडेर १२ औं स्थानमा छ ।

कमेन्ट गर्नुहोस्