बझाङमा कैदीलार्इ ब्ल्याङ्केट र कार्पेट सहयोग

बझाङ, मंसिर २० । बझाङमा प्रहरी कार्यलयका थुनुवाका लागि १० हजार बराबरको ब्ल्याङ्केट र कार्पेट सहयोग गरिएको छ । स्थानीय समाजसेवी जीवनबहादुर सिंहले २ वटा ब्ल्याङ्केट र एउटा कार्पेट गरी १० हजारको सामान प्रहरी कारागारमा थुनिएका कैदीका लागि सहयोग गरेको प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले बताए ।

थुनुवाका लागि बिच्छ्याउने र ओड्ने केही नभएका कारण आफूले सामान्य सहयोग गरेको सिंहले बताए । थुनुवाका लागि थप सहयोग गर्न चन्दा संकलनमा जुटेको सिंहले बताए । जिल्ला प्रहरी कार्यलयमका थुनुवा खाली कोठामा बिछ्याउने र ओड्नेबिना रात बिताउँदै आएका थिए ।

कमेन्ट गर्नुहोस्